ताजमहलबारे १० रोचक तथ्य ! | Khabarhub Khabarhub

ताजमहलबारे १० रोचक तथ्य !


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको आगरा शहरस्थित एक समाधिस्थल हो ताजमहल । यसको निर्माण मुगल सम्राट शाहजहाँले महारानी मुमताज महलको सम्झनामा निर्माण गर्न लगाएका थिए ।

ताज महल मुगल वास्तुकलाको उत्कृष्ट नमूना हो । यसको वास्तुकला शैली फारसी, टर्की, भारतीय तथा इस्लामिक वास्तुकलाको घटकहरूको अनौठो मिश्रण हो । सन् १९८३ मा, ताजमहल युनेस्को विश्व सम्पदा क्षेत्र बन्यो । यसको साथै, यसलाई विश्व सम्पदाको सर्वत्र प्रशंसा पाउने, अत्युत्तम मानवीय कृतिहरू मध्येको एक बताइएको छ ।

ताजमहललाई भारतको इस्लामी कलाको रत्न पनि घोषित गरिएको छ । साधारणतया देखिएको सिङ्गमर्मरको पातोहरूको ठूलो-ठूलो तहबाट छोप्न बनाएको भवनहरूको सरह नबनाएर यसको श्वेत गुम्बद तथा टाइल आकारमा सिङ्गमर्मरबाट छोपिएको छ ।

यसको निर्माण सन १६४८को लगभगमा पुरा भएको थियो । त्यस्ताद अहमद लाहौरीलाई प्रायः यसको प्रधान डिजायनकर्ता मानिन्छ।

संसारको आश्चर्यजनक ताजमहलमा प्रत्येक वर्ष करोडौँ पर्यटकहरु घुम्न जान्छन् । यमुना नदीको किनारमा सिगमरमरले बनेको महल, छायांपर्ने पानीको पोखरि तथा सुन्दर बगैचाले सबैको मन लोभ्याउँछ । सुन्दर ताजमहलबारे १० रोचक तथ्य यस्ता छन्–

१) अहमद लाहोरि नामक आर्किटेक्टको अगुवाईमा ताज महल बनाउन २० हजार मजदुरलाई २० वर्ष लागेको थियो । सन १६३२ मा निर्माण कार्य शुरू भै सन १६५३ मा सिद्धिएको थियो ।

२) भारतमा व्रिटिसले शासन गर्ने बेला मुख्य स्मारकको गेस्ट रुम भाडामा दिइएको थियो त्यहाँ नवविवाहित जोडिले सुहागरात मनाउने गरेका थिए ।

३) ताजमहलभित्र एउटा रोयल गेट छ, जहाँबाट अगाडि बढेर हेर्दा ताजमहल ठूलो हुँदै जान्छ र पाइला पछाडि सार्दा ताजमहल क्रमशः सानो हुँदै जान्छ ।

४) मुगल संम्राट र उनकी महारानी मुमताजले खाना खानुभन्दा अगाडि जाँच गर्ने एउटा साम्रगी थियो । जहाँ खाना राखेर परिक्षण गरेपछि मात्र उनीहरुले खान्थे । उक्त भाँडा आजपनि संग्राहलयमा राखिएको छ ।

५) ताजमहल पुरै सिंहमरमरले बनेको छ र यसमा ठडिएका धरहराहरु थोरै बाहिरपट्टी झुकेका छन्, ताकि भूकम्पले विनासलिला मच्याउदा पनि मुख्य महललाई क्षति नपुगोस् ।

६) सूर्यको र चन्द्रमाको किरण संगसगै ताजमहलको रंग बदलिने गर्दछ । विहानीपख हल्का गुलावी, मध्यान्हमा सेतो, सूर्यास्तमा सुनौला देखिन्छ भने जूनको किरणमा सिल्भर जस्तै । यसलाई पलपलमा परिवर्तन भैरहने महिलाहरूको मुड संग तुलना गर्ने गरिन्छ ।

७) ताजमहलको लागी आवश्यक निर्माण सामाग्री ढुवानी गर्न एक हजार भन्दा धेरै हात्तिहरूको प्रयोग गरिएको थियो ।

८) ताजमहलको उचाई १७१ मिटर वा ५६१ फिट छ ।

९) ताजमहल परिसरमा ६ वटा चिहान राखिएको छ । ति चिहानहरु सम्राट र मुमताजसँगै उनका ४ नोकर र नोकर्नीहरुका समेत हुन् ।

१०) ताजमहलमा पर्यटकहरु घुम्न जाँदा एउटा कफिन देखाइन्छ । जुन नक्कली हो ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  १० : ४५ बजे

व्यासमा प्लास्टिक झोला निषेध

दमौली– तनहुँको व्यास नगरपालिकाले आगामी जेठ १ गतेदेखि नगरभित्र प्लास्टिक

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स

कतारका राजाको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

ललितपुरको महांकालमा प्रज्ञा स्मृति भलिबल प्रतियोगिता हुने

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा २२ देखि २५ वैशाख २०८१ मा

चीनमा पुलमा पानीजहाज ठोक्किएपछि चार जना बेपत्ता

गुआङझोउ– दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा