सैनिक कर्मचारीका सन्तानले २५ लाखसम्मको शैक्षिक ऋण पाउने | Khabarhub Khabarhub

सैनिक कर्मचारीका सन्तानले २५ लाखसम्मको शैक्षिक ऋण पाउने


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाका कर्मचारीले आफ्ना सन्तानको अध्ययनका लागि २५ लाख रुपैयाँसम्मको शैक्षिक कर्जा पाउने भएका छन् ।

सैनिक कल्याण कोषले हिताधिकारी सैनिक कर्मचारीका सन्तानलाई स्वदेश तथा विदेशमा अध्ययन गर्नका लागि वार्षिक ५ प्रतिशतका दरले २५ लाख रुपैयाँसम्मको सहुलिय ऋण लिन पाउने भएका हुन् ।

ऋणका लागि सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच सम्झौता भएको छ । यस्तो ऋण लिनका लागि ५ लाख रुपैयाँसम्म व्यक्तिगत धन जमानी र सोभन्दा माथिको हकमा सम्बन्धित बैंकलाई मान्य हुने धितो सुरक्षण उपलब्ध गराउनुपर्ने सैनिक कल्याणकारी कोषले जनाएको छ ।

यस्तो कर्जा फागुन २० गतेदेखि लागू हुने जनाइएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ७ : ४३ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न