दुःख व्यक्त गर्दै देउवाले भने– रवीन्द्र अधिकारी भद्र र सुयोग्य हुनुहुन्थ्यो | Khabarhub Khabarhub

दुःख व्यक्त गर्दै देउवाले भने– रवीन्द्र अधिकारी भद्र र सुयोग्य हुनुहुन्थ्यो


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ताप्लेजुङमा भएको हलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

कांग्रेस सभापति देउवाले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको दुर्घटना भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।

विज्ञप्ति जारी गर्दै देउवाले रवीन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलाव व्यक्तिगत रुपमा भद्र रहेको बताएका छन् ।

‘रवीन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो,’ देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘उहाँको आकस्मिक घटनामा निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिस्ट पार्टी र उहाँको व्यक्तिगत परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

कांग्रेस सभापति देउवाले हेलिकोप्टर दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै अनुसन्धान प्रकृया अघि बढाउने विश्वास लिएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ५ : ४९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०