मन्त्री सवार हेलिकोप्टर दुर्घटनामा परेपछि मन्त्रिपरिषद्को आपतकालीन बैठक | Khabarhub Khabarhub

मन्त्री सवार हेलिकोप्टर दुर्घटनामा परेपछि मन्त्रिपरिषद्को आपतकालीन बैठक


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना सवार हेलिकोप्टर दुर्घटनामा परेपछि मन्त्रिपरिषद्को आपतकालीन बैठक बोलाइएको छ ।

दुर्घटनाको खबर आउँदा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा थिए ।

दुर्घटनाको खबर आएलगत्तै गृहमन्त्रीले अपडेट लिएर प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । प्रधानमन्त्रीकै निर्देशनमा मन्त्रीहरुलाई पनि वालुवाटारमा बोलाइएको छ ।

बुधबार ताप्लेजुङबाट मन्त्री अधिकारी सहित ६ जना सवार एयर डाइनेस्टिकको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  २ : ५६ बजे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने

गिजोलिएको टीआरसी विधेयक : सत्तारुढको हतारो, प्रतिपक्षको मोलतोल 

सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकबारे नयाँ बनेको पाँच दलीय गठबन्धन सरकारले

रूसविरुद्ध एफ-१६ लडाकु विमान प्रयोग भए वैध निशाना बनाउने पुटिनको घोषणा

मस्को– युक्रेनलाई दिइएको एफ-१६ लडाकु विमान तेस्रो पक्षबाट प्रयोग गरिएमा