चाँगुनारायणमा एक व्यक्ति एक सहकारी | Khabarhub Khabarhub

चाँगुनारायणमा एक व्यक्ति एक सहकारी


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रमा रहेका सहकारी संस्थाका सदस्यलाई एकभन्दा बढी सहकारीमा साधारण तथा शेयर सदस्य नबन्न निर्देशन दिएको छ ।

नगरपालिकाको हालै सम्पन्न चौथो नगरसभाले पारित गरेको सहकारी ऐन कार्यान्वयनमा ल्याउँदै एकभन्दा बढी सहकारीमा सदस्य रहेकाको सदस्यता खारेज गर्दै कुनै एउटा सहकारीमा मात्रै सदस्यता लिन निर्देशन दिएको हो ।

नगर क्षेत्रभित्र रहेका बचत तथा ऋण, महिला, कृषि, बहुउद्देश्यीयलगायतका १२२ सहकारीको भेला गरी सहकारीको ऐन, नियम, विनियमका बारेमा जानकारी गराउँदै सहकारीलाई व्यवस्थित गर्न यस्तो व्यवस्था गरेको नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले जानकारी दिए।

नगरपालिकाले एक व्यक्ति एउटामात्र सहकारीको सदस्य हुन पाउने सहकारीको ऐन बनाएपछि यसलाई कार्यान्वयनमा ल्याउँदै नगर क्षेत्रभित्रका सहकारीका अध्यक्ष, व्यस्थापक, कोषाध्यक्ष, सरोकारवालाबीच अन्तक्र्रिया गरेर सहकारी ऐन–२०७४ संशोधनसहितका बारेमा जानकारी गराइएको उनले बताए।

नगरपालिकाले ऐनलाई राजपत्रमा प्रकाशित गरी आगामी एक महीनाभित्र एक व्यक्ति एकै प्रकारका एकभन्दा बढी सहकारीमा सदस्य हुन् नपाउने प्रवाधान लागू गरेको हो । नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले संविधानले नै मुलुकमा तीन खम्बे अर्थ नीतिको परिकल्पना गरेअनुसार सार्वजनिक, निजी र सहकारीबीच सहकार्य गरी आर्थिक समृद्धि गर्न सो ऐन कार्यान्वयनमा ल्याइएको बताए।

उनले उद्यम विकासतर्फ सहकारीलाई लैजानु आवश्यक रहेको बताउँदै सहकारीको संयुक्त लगानीमा उद्यम विकास गरे नगरपालिकाले जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नगरप्रमुख मिश्रले भने, ‘सहकारीमा आर्थिक पारदर्शिता कायम गर्न नगरपालिकाले नगरक्षेत्रका सबै सहकारीको सम्पूर्ण विवरणसहित सबै कारोवार एउटै सर्भरमा आउने गरी सफ्टवेयर बनाउँदै छ, यसैबाट सहकारीको अनुगमनसमेत गर्नेछौँ ।’

नगरपालिकाले सहकारीलाई मापदण्डमा ल्याउने उद्देश्यले सहकारीकर्मी रहने गरी नगरस्तरीय सहकारी सञ्जालसमेत गठन गरेको छ । उमेश प्रधानको संयोजकत्वमा प्रह्लाद बाँस्तोला, जनक खत्री, नातीकाजी खत्री, जानुका अधिकारी, देवकी श्रेष्ठ, मन्दरा मिश्र, सूर्य श्रेष्ठ, लिला निरौला र पुष्पा न्यौपाने सदस्य रहने गरी सञ्जाल गठन गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १२ : ५४ बजे

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की