१९७४ एडीको गीत: देवी देउताको शहरमा राक्षसहरुको राज (भिडियो) | Khabarhub Khabarhub

१९७४ एडीको गीत: देवी देउताको शहरमा राक्षसहरुको राज (भिडियो)


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको कथालाई लिएर तयार पारिएको ‘द म्यान फ्रम काठमाडौं’ को गीत सार्वजनिक गरिएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा फिल्ममा समावेश कथा झल्किन्छ ।

‘काठमाडौं’ बोलको गीतमा १९७४ एडी ब्याण्डको प्रस्तुति देख्न सकिन्छ । रोहितजंग क्षेत्रीको स्वर रहेको यो गीतमा मनोज कुमार केसीको गितार, किबोर्ड र पार्श्वस्वर छ भने सञ्जय श्रेष्ठले ड्रममा साथ दिएका छन् ।

गीतको लिरिक्स र कम्पोजिसन रोहितजंग क्षेत्रीले गरेका हुन् भने मनोज कुमार केसीले उत्पादन गरेका हुन् ।

फिल्मको कुरा गर्नुपर्दा ‘द म्यान फ्रम काठमाडौं’ मा नेपाली तथा विदेशी कलाकारले अभिनय गरेका छन् । यो फिल्म नेपालमा मात्र नभएर हलिउडमा समेत अङ्ग्रेजी भर्सनमा रिलिज हुनेछ ।

फिल्ममा हलिउडका कलाकार जोयश म्यानुअलले शीर्ष भूमिका निभाएका छन् । यो फिल्मलाई पेमा दोण्डुप र नकिम उदिनले निर्माण गरेका हुन् भने पेमा दोण्डुपले निर्देशन गरेका हुन् ।

यस्तै फिल्ममा आना शर्मा, गुल्सन ग्रोबर, हमीद शैख, शिशिर वाङ्देल, आमिर गौतम, नीर शाह, विकाश गुरुङ, कर्मा शाक्य, वविता मानन्धर, मिथिला शर्मा लगायतका कलाकारको अभिनय छ ।

फिल्म आउँदो चैत १ गते अर्थात् मार्च १५ देखि रिलिज हुँदैछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १० : ३४ बजे

सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

दैलेख– दैलेखमा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु भएको छ

सुदूरपश्चिममा समाजवादीकै नेतृत्वमा सरकार बन्छ : राजेन्द्र पाण्डे 

काठमाडौं– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको

डा अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा अन्जान शाक्यलाई राष्ट्रियसभा