डोटीलाई छाउपडीमुक्त जिल्ला घोषणा गर्न माग | Khabarhub Khabarhub

डोटीलाई छाउपडीमुक्त जिल्ला घोषणा गर्न माग


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- डोटीलाई छाउपडीमुक्त जिल्ला घोषणा गर्नुपर्ने माग गरिएको छ । जिल्ला सदरमुकाम सिलगढीमा छाउपडी प्रथाविरुद्ध राष्ट्रिय अभियानका लागि आयोजना गरिएको जिल्लास्तरीय तयारी कार्यशाला कार्यक्रमका सहभागीले जिल्लालाई छाउपडीमुक्त जिल्ला घोषण गर्नुपर्ने माग गरेका हुन् ।

जिल्ला समन्वय समितिको आयोजना, सर्चफर ग्राउण्ड र फाया नेपाल नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सांसद डा विन्दा पाण्डेले छाउपडी कुप्रथा भएको र यसलाई पूर्णरूपमा रोक्न स्थानीय तहहरुले कडा रूपमा प्रस्तुत हुनुपर्ने बताइन।

‘छाउ हुँदा देशका अन्य जिल्लामा भेदभाव हुँदैन, सुदूरपश्चिममा मात्रै भेदभाव किन ?’ उनले प्रश्न गर्दै भनिन् ‘छाउपडी कुप्रथा हो, सबै तह र तप्का मिलेर यसको अन्त्य गर्न जरुरी छ ।’ कार्यक्रमका सहभागीसमक्ष पाण्डेले सरकारलाई कडा कानून निर्माण गरी जनस्तरमा लागू गर्न आफूहरुले पहल गर्ने बताइन ।

महीनावारी हुनु भनेको सन्तान उत्पादन क्षमता भएको भनी खुशी हुनुको साटो छाउका नाममा महिलामाथि दुर्व्यवहार भइरहेकाले यसको अन्त्य गर्न जरुरी भएको स्थानीय तुलसी शाहीले बताइन । केही महीना पहिले छाउपडीका कारण बाजुरामा एक महिलासहित बालिका र डोटीमा एक महिलाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ९ : ३५ बजे

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन