मलेसियाका विभिन्न जेलमा २ सय ६ नेपाली, फिर्ती केन्द्रमा १ सय ६ ले लिए शरण | Khabarhub Khabarhub

मलेसियाका विभिन्न जेलमा २ सय ६ नेपाली, फिर्ती केन्द्रमा १ सय ६ ले लिए शरण


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगारीका लागि मलेसिया पुगेका २ सय ६ जना नेपाली विभिन्न कारण जेल परेका छन् । भने, रोजगारीका क्रममा मलेसिया पुगि समस्या परेका १ सय ६ जना नेपाली घरफिर्ती केन्द्रमा रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

श्रम अवधि सकिएपनि रोजगारदाता कम्पनीमा शरण लिएर रोजगारी गरिरहेका अथवा व्यवहारजन्य अपराधमा सामेल भएका कारण धेरै नेपाली जेल परेको पाइएको दूतावासले जनाएको छ ।

पछिल्लो समय दूतावासले मलेसियाका विभिन्न जेलमा पुगेर कैदी जीवन बिताइरहेका नेपाली कामदारको तंथ्याक संकलन गरेको थियो ।

जसमा २ सय ६ जना जलेमा र १ सय ६ जना नेपाली घरफिर्ती केन्द्रमा रहेको दूतावासले जानकारी दिएको छ । जेल परेका नेपालमध्ये धेरै श्रमअवधि सकिएपनि स्वदेश नफर्की काम गरेर बस्दा प्रहरीका फन्दामा पर्ने गरेको दूतावासले जनाएको छ ।

मलेसिया रोजगारीका लागि आएका धेरै नेपाली श्रम अवधि सकिएपनि रोजगारदाता कम्पनीमा शरण लिएर काम गर्दा प्रहरीका फन्दा पर्ने गरेको क्वालालम्पुरस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमारराज खेरलले बताए ।

‘नेपालबाट रोजगारीका लागि मलेसिया आएपछि कम्पनी परिवर्तन, कम्पनी छाडेर भागेर काम गर्न, श्रम अवधि सकिएपनि स्वदेश नफर्कि लुकेर काम गर्न र अन्य अवैध क्रियाकलापमा संलग्न भएका कारण नेपाली जेल पर्ने गरेका छन् ’ उनले भने, ‘कतिपय नेपाली चोरी, लागुऔषध कोरोबार, अपहरण, जुवातास जस्ता गम्भीर मद्दामा जेल पुगेका छन् ।’

म्यानपावरमार्फत मलेसिया गएका धेरै नेपाली एउटा काम भनेर अर्कोको काममा परेपछि गैरकानूनी रुपले बसेर काम गर्न गरेका छन् । यस्ता कामदारलाई कतिपय रोजगारदाताले नै श्रम शोषण गर्न र प्रहरीलाई सूचना दिएर पक्राउने समेत गरेका धेरै घटना भएको दूतावासले जानकारी दिएको छ ।

हाल, मलेसियामा ४ लाख नेपाली कामदार कार्यरत रहेको सरकारी अनुमान छ । भने, मलेसियामा अवैध रुपमा करिब १ लाख नेपाली कामदारले काम गरिरहेको हुनसक्ने अनुमान दूतावासले गरेको छ । गत जेठ महिना आर्थिक भार थप्र्दै आएका सस्था बन्द गरेपछि मलेसियाको रोजगारी बन्द भएको छ ।

सरकारीस्तरमा गत कात्र्तिक १२ गते श्रम सम्र्झौता भएपनि मलेसियाको रोजगारी खुलेको छैन । बन्द हुनुअघि मासिक १० हजार नेपाली रोजगारीका लागि श्रम स्वीकृति लिएर मलेसिया पुग्ने गरेको वैदेशिक रोजगार विभागका तंथ्याकमा छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ९ : ०० बजे

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट