विश्व पर्यटन दिवसमा जे देखियो (फोटो फिचर) | Khabarhub Khabarhub

विश्व पर्यटन दिवसमा जे देखियो (फोटो फिचर)


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ४० औं विश्व पर्यटन दिवसका मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । सरकारले मुलुकको पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न संघ–संस्थालाई सम्मान गरेको छ ।

पर्यटन व्यवसायका माध्यमबाट मुलुकलाई योगदान पुर्या‍उने विभिन्न वायु सेवा प्रदायक कम्पनी, ट्राभल एजेन्सी, केबलकार, होटल तथा घरवास (होमस्टे) सम्मानित भएका हुन् ।

विश्व पर्यटन दिवसको अवसरमा कैलाली उद्योग बाणिज्य संघ र होटल व्यवसायी संघ कैलालीद्वारा शुक्रबार कैलालीको त्रिनगर सीमा नाकामा आयोजित कार्यक्रममा संघका पदाधिकारीहरु भारतीय पर्यटकलाई स्वागत गर्दै ।

२० लाख पर्यटक भित्र्याउने योजनाका साथ राष्ट्रिय अभियानका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई भव्यताका साथ देश तथा विदेशमा मनाउन सम्बद्ध सरोकारवावालालाई आग्रह गरिएको छ ।

राष्ट्रिय अर्थतन्त्रलाई सवल र आत्मनिर्भर बनाउन पर्यटन क्षेत्रलाई एउटा महत्वपूर्ण आर्थिक क्षेत्रका रुपमा लिइन्छ ।

विश्व पर्यटन दिवसको अवसरमा तनहुँको दमौलीस्थित व्यास गुफा क्षेत्रमा सरसफाई गर्दै सहभागी ।

तीन नमूना गाउँ घोषणा

विश्व पर्यटन दिवसका अवसरमा हरेक वर्षझैँ यस वर्ष पनि गाउँ पर्यटन प्रवद्र्धन मञ्चले सन् २०१९/०२० को नयाँ गन्तव्य गाउँका रुपमा तीन गाउँ घोषणा गरेको छ ।

मञ्चले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँ, धादिङको रुबीभ्याली गाउँपालिका–४ चालिसागाउँ र बाग्लुङको काठेखोला गाउँपालिका–४ फापरखेत गाउँलाई नमूना गन्तव्य घोषणा गरिएको मञ्चले जनाएको छ ।

विश्व पर्यटकन दिवसको अवसरमा शुक्रबार नेपाल युवा परिषदको आयोजनामा बागलुङ कालिका भगवती मन्दिर परिसर सरसफाइ गर्दै ।

‘पर्यटन र रोजगारः सबैका लागि सुरन्दर भविष्य’ भन्ने मूल नाराका साथ शुक्रबार ४० औं विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको हो ।

संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाइँदै आएको छ ।

काठमाडौंमा आयोजित ४० औं विश्व पर्यटन दिवसको उपलक्ष्यमा आयोजीत प्रभातफेरीमा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरु ।
विश्व पर्यटन दिवसका अवसरमा प्रदेश नं ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा शुक्रबार आयोजित कार्यक्रममा पर्यटनमन्त्री लीला गिरीले रुपन्देहीको प्रमुख नाका बेलहियामा पर्यटकलाई स्वागत सम्मान गर्दै ।

 

तनहुँको व्यास नगरपालिका-३ स्थित देउरालीनगर पञ्चेबाजा समूहका महिलाहरु दमाहा बजाउँदै ।
४०औँ विश्व पर्यटन दिवसका अवसरमा काठमाडौँमा शुक्रबार आयोजित प्रभातफेरीमा सहभागी महिला ।
विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिका प्रवेश गर्ने पहिलो टोलीको विदेशी पर्यटकलाई स्वागतका लागि लाखे प्याँख प्रस्तुत गर्दै भक्तपुर नगरपालिका ।
चालिसौं विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिका प्रवेश गर्ने पहिलो टोलीको विदेशी पर्यटकलाई स्वागतका लागि माक प्यांख प्रस्तुत गर्दै भक्तपुर नगरपालिका ।
विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार पोखरा विमानस्थलमा आएका विदेशी पर्यटकलाई स्वागत गर्दे पर्यटन व्यवसायी ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ९ : ०९ बजे

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर