दशैंको यात्रा– ठूला ट्रकहरुलाई काठमाडौं प्रवेशमा रोक | Khabarhub Khabarhub

दशैंको यात्रा– ठूला ट्रकहरुलाई काठमाडौं प्रवेशमा रोक


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी सोमबारदेखि ठूला मालवाहक सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाउने भएको छ ।

दशैंमा हुने यात्रुको चापलाई मध्यनजर गर्दै आगामी सोमबारदेखि  अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेकका अन्य मालवाहक सवारीसाधनलाई चितवनको नारायणगढमै रोकिने भएको हो ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अत्यावश्यक खाद्यान्न सामग्री, लत्ताकपडा, औषधि, तरकारी, मासुजन्य पदार्थलगायतका तत्कालै नाश भएर जाने सामग्री ढुवानी गर्ने बाहेकका १० चक्के र सोभन्दा बढी चक्का भएका ठूला मालवाहक सवारीसाधन काठमाडौं प्रवेश रोक लगाइने जनाएको हो ।

विभागका अनुसार असोज १२ गतेदेखि १८ गतेसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो । त्यसपछि भने उपयुक्तता हेरेर उक्त निर्णय फिर्ता लिइने विभागले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  २ : २४ बजे

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी