सरकारले छुट्याएका गन्तव्यमा पर्यटक पुर्‍याउनै सकस | Khabarhub Khabarhub

सरकारले छुट्याएका गन्तव्यमा पर्यटक पुर्‍याउनै सकस


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा ४० औँ विश्व पर्यटन दिवस विभिन्न विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

‘नेपाल घुमौं जीवनको अविष्मरणीय क्षणको अनुभाव लिऊ’ भने नारा साथ यो वर्ष नेपालमा पर्यटन दिवस मनाइँदै छ ।

यस वर्षको पर्यटन दिवस सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गरेर मनाउँदै गरिएको पर्यटन बोर्डले जनाएको छ ।

सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन थालिएको हो ।

नेपालमा वार्षिक ११ लाखभन्दा धेरै विदेशी पर्यटन नेपाल घुम्न आउने गरेको पर्यटन विभागले जनाएको छ ।

नेपालमा सवैभन्दा धेरे भारतीय र चिनियाँ पर्यटक आउने गरेको विभागको तंथ्याकमा छ । सरकारले सन् २०२० लाई पर्यटन वर्षका रुपमा मनाउन घोषणा गरेको छ । पर्यटन वर्षमा २० लाख पर्यटक नेपाल भित्राउन लक्ष्य सरकारले लिएको छ ।

विश्वका धेरै देशको अर्थतन्त्र पर्यटनले नै धानेको छ । प्राकृतिक सुन्दरता र भौगोलिक बनोटका कारण नेपालमा पनि पर्यटनको ठूलो सम्भावना छ ।

सम्भावनाको प्रयोग भने नेपाल सरकारले गर्न सकेको छैन । पर्यटन दिवस मनाउनुको अर्थ पर्यटकहरूलाई आकर्षित गर्नेतिर सरकारले ध्यान दिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहप्रवक्ता प्रकाश शर्मा ढकालले बताए ।

‘पर्यटक भित्राउन सरकारले विभिन्न कार्यक्रम, स्वागत र छुटको सुविधा दिने योजना पनि बनाएको छ । नेपालमा यस वर्ष हिन्दू धर्मावलम्बीहरूको महान् चाड दशैं र विश्व पर्यटन दिवस झण्डै एकै समय अर्थात् सँगै परेकाले नेपालमा विश्व पर्यटन दिवस मनाउने कार्यक्रमको उत्साह पनि बढ्ने देखिन्छ,’ उनले भने, ‘प्राकृतिक सम्पदाले हामी एकदमै धनी भएपनि धेरैजसो प्राकृतिक मनोरम स्थल दुर्गम क्षेत्रभित्र पर्छ । जसका कारण पर्यटकलाई घुम्न जान समस्या भइरहेको छ । यस्ता क्षेत्रमा पनि सरकारले पर्यटकको आकर्षण बढाउन प्रयास गरिरहेको छ ।’

नेपाल १२ महिना विदेशी पर्यटक घुम्न आउन देश बनाउन सकिने उनको भनाई छ । सरकारले र नीजि क्षेत्रले सहकार्य गरेर काम गरे सन् २०२० मा २० लाख पर्यटक नेपाल पर्यटन सञ्चालक समितिका सदस्या तथा टान पुर्व दिपक महतले बताए ।

‘विभिन्न देशबाट नेपाल घुम्न आउने पर्यटकलाई हवाई उडान समस्याको विषय हो । यसरी हेर्दा नेपालमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनु दुःखद नै हो । निजगढ विमानस्थल यो वर्षभित्र निर्माण भइसकेको पर्यटकको चाप पनि बढछ,’ उनले भने, ‘हवाइ उडान र यातायात पर्यटक गन्तव्य स्थानमा पुराउन ध्यान दिनुपर्छ । नेपालमा सहज बाटो छैन । उचित होटल, स्वास्थ्य सुबिधा अनि सुरक्षाको उचित प्रबन्ध गर्नेतर्फ सरकारको ध्यान गएको छैन । यस्ता विषयमा राज्य विषेश ध्यान दिनुपर्ने देखिन्छ ।’

नेपालमा भारत, चीन र एसियाका देशबाट धेरै पर्यटक घुम्न आउने गरेका छन् । यी देशका पर्यटकलाई यातायातमार्फत भित्राउन उपाय सरकारले खोज्नुपर्ने उनको बुझाई छ ।

प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, सर्वोच्च शिखरसहित चर्चित हिमशृङ्खला, विश्व सम्पदा सूचीकृत सांस्कृतिक सम्पदा, वेशभूषा र सांस्कृतिक रहनसहन आदिले नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य देशभित्र पर्छ । नेपालका ठुला धार्मिकस्थलहरु विश्व सम्पदा सूचीमा परेका कारण नेपाल विदेशी पर्यटक घुम्न रुचाउने गरेका छन् ।

पर्यटनको प्रचुर सम्भावना भएपनि विभिन्न कारण गर्दा सरकार र निजी क्षेत्रको समन्वयको अभावसँगै दूरदर्शिताका कारण नेपालले पर्यटनबाट अपेक्षित लाभ लिन सकेको यो क्षेत्रका सरोकारवालाले बताउँदै आएका छन् ।

गत आर्थिक वर्षमा नेपाल पयर्टन बोर्डले १ सय वटा पर्यटनस्थलको घोषण गरेको थियो । तर, चालु आर्थिक वर्षको ३ महिनासम्म आइपुग्दा ४५ वटा मात्र पर्यटक गन्तव्यको प्रोफाइल बनाउने काम गरिरहेका छ ।

सन् २०१९ लाई पर्यटक भित्राउन आधार वर्षका रुपमा मानेको छ । चालु आर्थिक वर्षभित्र १५ लाखको हाराहारीमा पर्यटन भित्राउन लक्ष्य पर्यटन मन्त्रालयको छ । विश्वमा वार्षिक ५५ प्रतिशत नागरिक आन्तरिक बाह्य पर्यटन रहेका छन् ।

नेपालमा वार्षिक ३० लाख आन्तरिक पर्यटक रहेको सरकारी अनुमान छ । नेपालमा पर्यटक भित्राउन सरकारले विदेशमा रहेका कुटनीतिक नियोगमार्फत प्रचार पनि गरिरहेका छ ।

अर्कोतर्फ पर्यटनले गर्दा देशमा विदेशी मुद्राको आर्जन, रोजगारीका अवसर सिर्जना, सार्वजनिक र ब्यक्तिगत आयको श्रोत, सास्कृतिक आदानप्रदान अनि राष्ट्रको छवी बढाउन सहयोग गर्दछ ।

विश्वमा व्यवस्थित पर्यटनको इतिहास लगभग १ सय ७६ वर्ष पुगेको छ । सर्वप्रथम सन् १८४१ मा बेलायती नागरिक थोमस कुकले व्यवस्थित र संगठित रूपमा मानिसहरूलाई घुमाउन शुरु गरेदेखि पर्यटनको इतिहास शुरु भएको भनिन्छ ।

यसरी थोमस कुकले व्यवस्थित ढंगले नागरिकलाई मन परेको ठाउँमा घुम्ने र बिदा मनाउन जाने व्यवस्था मिलाएर गरेका थिए । यहि समयदेखि ‘ट्राभल बिजनेस’ अर्थात् भ्रमण व्यवसाय शुरु भएको पनि मानिन्छ । बेलायतका नागरिकलाई आन्तरिक पर्यटक रूपमा घुम्न शुरु गरेपछि पर्यटकको विकास भएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ९ : ०२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न