विश्वमा सबैभन्दा बढी ह्याक हुने पासवर्डहरु, कतै तपाईं पनि असुरक्षित हुनुहुन्छ कि ? | Khabarhub Khabarhub

विश्वमा सबैभन्दा बढी ह्याक हुने पासवर्डहरु, कतै तपाईं पनि असुरक्षित हुनुहुन्छ कि ?


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहि तपाई‌ंको आफ्नै गल्तिले इन्टरनेट आश्रित एकाउन्टहरु ह्याक हुन्छन् । डिजिटल जीवनको सबैभन्दा ठूलो समस्या भनेको पासवर्ड ब्यवस्थापन नुहुनु हो । लामो वा अप्ठ्यारो पासवर्ड राखे सम्झन ग्राहो हुने र सजिलो पासवर्ड भए अरुले अनुमान गरी एकाउन्ट ह्याक गदिर्ने समस्या हुन्छ । यसरी एकाउन्ट ह्याक हुनुको पछाडीको सबैभन्दा प्रमुख कारण हो, सजिलो पासवर्ड हुनु हो ।

विश्वको सबैभन्दा सजिलो र छिट्टै ह्याक हुने पासवर्ड भनेको १२३४५६ हो । बेलायतको नेशनल साइबर सिक्योरिटी सेन्टरले गरेको अनुसन्धानअनुसार विश्वका अधिकाशं मानिसले राख्ने छरितो डिजिटल पासवर्ड भनेको १२३४५६ नै हो ।

जसलाई विश्वका २ करोड ३० लाखभन्दा बढी मानिसले डिजिटल पासवर्ड राखेको साइबर सेन्टरले जनाएको छ । त्यस्तै ७७ लाखभन्दा बढीले १२३४५६७८९ लाई पासवर्ड राखेका छन् ।

त्यसका अलावा २५८०, password र १११११ लाई पासवर्ड राख्नेहरुको संख्या समेत लाखौं छ । ह्याकरले सजिलै ह्याक गर्न सक्ने २० जोखिम युक्त पासवर्डहरु निम्नानुसार छन् ।

१. १२३४५
२. १२३४५६७८९
३. २५८०
४. Qwerty
५. Password
६. १११११
७. १२३४५६७८
८.abc123
९. १२३४५६७
१०. password1
११. १२३४५६७८९०
१२. १२३१२३
१३. ००००००
१४. Iloveyou
१५. १२३४
१६. 1q2w3e4r5t
१७. Qwertyuiop
१८. १२३
१९.Monkey
२०.Dragon

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ९ : ११ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०