११ उपाय जसले तपाईंको वैवाहिक जीवन पुनः सफल पार्न सक्छ | Khabarhub Khabarhub

११ उपाय जसले तपाईंको वैवाहिक जीवन पुनः सफल पार्न सक्छ


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विवाह दुई आत्मा बिचको पवित्र बन्धन मानिन्छ । यसले बर–बधुलाई सात जन्मसम्मसंगै राख्दछ भन्ने मान्यता छ । तर कतिपयको भने वैवाहिक बन्धनमा बाँधिएपछि सम्बन्ध टुट्ने गरेको छ ।

सम्भवत कोही कसैले बिना कुनै ठोस कारण, आफ्नो वैवाहिक जीवन टुटाउन चाँहदैनन् । तर परिस्थिति बलियो बनिदिँदा बाध्यताले सँगै बस्नुभन्दा छुट्टिनु उत्तम हुन्छ । आखिर अधिकांशको वैवाहिक जीवन किन टुट्छ ? पति र पत्नीबीच के बिषयमा असमझदारी हुन्छ र तिनको समाधान के हो त रु हामी १० टिप्स बताउँदै छौँ जसले तपाईंको वैवाहिक जीवन सुखमय बनाउन सक्छ ।

१) वैवाहिक जीवनमा आउने असमझदारी भनेको एक अर्कालाई बुझ्न नसक्नु हो । जसका लागि बरबधुले एक–अर्कालाई बढीभन्दा बढी समय दिएर बुझ्ने कोशिस गर्नुपर्छ । त्यसका लागि दुवैसाथमा रहन आवश्यक छ ।

२) विवाहपछि शारीरिक सम्बन्ध मात्रमा आत्मियता खोज्ने तर अन्य समयमा एक अर्काबिच सौहाद्र रुपमा प्रस्तुत हुन नसक्नु वैवाहिक सम्बन्ध टुट्ने अर्को कारण हो । त्यसैले शारीरिक सम्बन्धमा मात्र सामिप्यता होइन अरुबेला पनि एकआपसको नजिक रहन आवश्यक छ ।

३) विवाहपछि आफ्नो जागिर वा करियर बिग्रियो भनेर त्यसमा मात्र केन्द्रीत हुँदा पनि सम्बन्ध बिग्रन्छ । जीवनमा सफलता प्राप्त नहुनुको कारण विवाह होइन, तपाईंको सोच र मेहनतको अभाव हो । त्यसैले विवाहपछि जागिर वा भविष्यका लागि भन्दै टाढिनु हुँदैन ।

४) वैवाहिक सम्बन्ध टुट्ने अर्को मजबुत कारण भनेको पति–पत्नीबीचको भावना आदानप्रदान नहुनु हो । कुनै समस्या छ भने पति वा पत्निलाई सुनाउन अप्ठ्यारो मान्नु हुँदैन । बरु त्यस समस्याको दुवै मिलेर आपसी समझदारीबाट हल गर्नु पर्दछ ।

५) अधिकाशं विवाहपछि सम्बन्ध टुट्ने प्रमुख कारण भनेको पति र पत्नी बिचको रोजाई नमिल्नु हो । यसरी पति पत्नीबीच फरक धारणा वा सोच भइदिँदा सम्बन्धमा तितोपन आउँछ । तर एक जनाले मात्र भावना बुझेर त्यसलाई स्विकार गर्ने हो भने त्यो समस्या पनि स्वतः हल भएर जानेछ ।

६) वैवाहिक जीवन सफल बनाउन पति पत्नीले एक अर्काको पेशा वा जागिरको सम्मान गर्नुपर्छ । कमाईको हिसाब–किताब राख्नु हुँदैन । आफू जस्तै मेहनत र लगानी गर्ने जीवन साथीको पेशाको सम्मान गर्दा उसलाई बुझ्न सहज हुने गर्दछ ।

७) आफ्नो जिम्मेवारी निभाउँदा पति पत्नीको आवश्यकता पूरा गरिदिँदा मात्र वैवाहिक जीवन सफल हुँदैन । जिम्मेवारी भन्दा पनि महत्वपूर्ण कुरा जीवनसाथीको मुहारमा आफूले ल्याउने खुशी हो । त्यसैले कहिलेकाही दुवै मिलेर घुम्न जानु, रमाइलो गर्नु, सानै भएपनि सरप्राइज गिफ्ट दिनु भयो भने त्यसले तपाईंलाई खुसी दिनेछ ।

८) वैवाहिक जीवन सफल पार्ने अर्को महत्वपूर्ण पक्ष भनेको आफ्नो पति वा पत्नीको सबैका अगाडि सम्मान गर्नु हो । केहिले आफ्ना साथीभाइ माझ पति वा पत्नीलाई होच्याउने वा अपमान गर्ने गर्दछन् । यसबाट उसले आफ्नो स्वाभिमान गुमेको महशुस गर्छन् र बिस्तारै सम्बन्धमा चिसोपना बढ्दै जान्छ ।

९) केही पति पत्नीले घरमाभन्दा बाहिर बढी समय दिने गरेका हुन्छन् । यस्तो अवस्थामा एकअर्का बिच मनमुटाव बढ्दै जान्छ र सम्बन्धमा दरार आउँछ । यस्तो अवस्थामा आफू बाहिर रहनुको कारण वा ढिला हुनेबारे समयमा जानकारी दिनुपर्छ । फकाएर स्वीकृति लिने गर्नुपर्छ यसले तपाईको सम्बन्ध मजबुत बनाउन मद्दत गर्छ ।

१०) वैवाहिक जीवन टिकाई राख्न तपाईंको सघाउने बानी पनि सही साबित हुन्छ । कामको बोझ हुँदा वा रमाइलोका लागि भएपनि कुनै काम सघाउँदा एकअर्काबीच यसले आत्मियता बनाई राख्छ । पति पत्नीले एक अर्काको आवश्यकता बुझेर त्यसलाई सुटुक्क पूरा गरिदिए वैवाहिक जीवन समधुर रहन्छ ।

११) पति पत्नी भनेको घरभित्रको सम्बन्ध मात्र होइन । एकअर्काको पुरक पनि हो । त्यसैले तपाईं पति वा पत्नीलाई साथी जस्तो ब्यवहार गर्नुस् । यसमा उसको स्वभाव बुझ्न जरुरी हुन्छ । अझ शारीरिक सम्बन्धका क्रममा रोमाञ्चक गफ गर्न वा घनिष्ठ हुन जरुरी छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ८ : ५८ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को