सयपत्री फूल रोप्नुहोस्, यस्ता छन् फाइदा | Khabarhub Khabarhub

सयपत्री फूल रोप्नुहोस्, यस्ता छन् फाइदा


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सबैको चाहना हुन्छ घरवरिपरी बगैँचा बनाउने र फूल रोप्ने । गाउँघरतिर खेतवारीमा पनि प्रशस्त मात्रामा फूल रोपिन्छ । ग्रामीण भेगको तुलनामा शहरी क्षेत्रमा फूलको खेती कम गर्ने गरिन्छ ।

तर, पछिल्लो समय शहरी क्षेत्रमा पनि घरका कौसीमा र जग्गा भाडामा लिएर नर्सरी सञ्चालन गर्नेको संख्या बढ्दै गइरहेको छ । साथै शहरका सडक छेउ तथा बिचमा पनि फूलका बगैँचा लगाइन्छ ।

घरायसी प्रयोजनका लागि मात्रै नभइ व्यवसायीक रुपमा पनि फूलको खेती गर्नेहरुको संख्या बढ्दै गएको छ । यसबाट पुष्प व्यवसायप्रति मानिसहरुको रुची र आकर्षण बढ्दै गइरहेको बुझ्न सकिन्छ ।

यतिबेला सयपत्री फूल रोप्ने र हुर्काउने बेला पनि भएको छ । सयपत्रीको माग विषेशगरी दशैँ र तिहारमा बढी हुने गर्छ । साथै अन्य समयमा पनि सयपत्रीको माग कम भने हुदैँन ।

कस्तो स्थानमा फुल्छ सयपत्री ?

सयपत्री फूल प्राय पारिलो घाम लाग्ने ठाउँमा राम्रोसँग फुल्छ । तर ती विरुवाले उच्च तापक्रम सहन सक्दैन । तसर्थ सयपत्री फूल लगाउनका लागि हालको सिजन उत्तम मानिन्छ । पानी नजम्ने र प्रांगारिक पदार्थ बढी हुने ठाउँमा यो राम्रोसँग फुल्छ ।

यसका लागि खासै मलको प्रयोग नगर्दा पनि हुन्छ । अहिलेको सिजनमा सयपत्री फूल रोप्दा विशेषगरी असोज, कार्तिकको महिनामा फुल्छन् भने विरुवा नमासेको खण्डमा बाह्रै महिना यी फूलहरु फुल्ने गर्छन् ।

आवश्यकता पूर्ति गर्नभन्दा पनि गमलामा फूल फुलाउन चाहन्छन् मानिसहरु । तर फूलकै खेती गर्नेहरुले पनि मनग्य आम्दानी लिइरहेका छन् । फूल रोप्नु सौन्दर्यका लागि मात्रा होइन ।

यसका फाइदाहरु :

# सयपत्री फूलबाट सुगन्धित तेल निकाल्न सकिन्छ ।

# प्रशस्त मात्रामा फूल फुलाउन सकेमा विदेशको आयत घटाउन सकिन्छ र निर्यात बढाउन सकिन्छ ।

# वातावरणमा सौन्दर्यता छाउँछ र पर्यटकीय क्षेत्रमा टेवा पुग्छ ।

# सयपत्रीका फूलमा औषधीका गुणहरु हुन्छन् ।

# फूलको लेप बनाएर छालामा प्रयोग गर्दा यसले छालासम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।

# पेट फुल्ने र दुख्ने रोग भए चुर्णको मात्रामा मिलाएर औषधीको रुपमा सेवन गरेमा फाइदा हुन्छ ।

# कमलपित्त, अम्लपित्त, पायल्स र पेटभित्रको आन्द्राको घाउ आदिमा चुर्णको प्रयोगले सन्चो गराउँछ ।

# सयपत्री फूल मात्र पनि चुसिरहेमा स्वास्थ्यलाई फाइदा मिल्छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ६ : ३८ बजे

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरु)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

भद्रपुर– प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक

बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं- सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा