के फर्किन्छ अस्मिताको 'अस्मिता' ? | Khabarhub Khabarhub

के फर्किन्छ अस्मिताको ‘अस्मिता’ ?


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जब समाजिक संरचनाहरु साधारणबाट जटिलता तर्फ बढ्छ त्यहाँ हुने समस्या र घटनाहरु पनि साधारणबाट जटिल प्रकृतिको हुन् थाल्छ ।

हुन त कुनै पनि घटनाको अनेक किसिमले ब्याख्या गरिन्छ र पनि समय र सन्दर्भका साथै त्यसका पात्रहरुको आधारमा पनि घटना विश्लेषण निर्भर रहन्छ । तर पनि समाजिक संरचना र प्रणालीको प्रत्यक्ष असर हुन्छ सोच माथि जसको प्रभाव शब्द र व्यवहारमा स्पस्ट झल्किन्छ । त्यसैले कानूनमा हुने समानता र भोगाईका अनुभूति समाज अनि तिनका वर्ग पिच्छे फरक फरक हुन्छ ।

अस्मिता भन्ने रुकु कार्कीलाई जिल्ला अदालत चितवनले साधारण तारिखमा सोमबार रिहाई आदेश दियो र उनी रिहाईपछि सम्भवत: आफ्नो कार्यस्थल वा घर तिर प्रस्थान गरेकी होलिन जहाँ उनलाई पुन: प्रश्नै प्रश्नको कठघरामा उभिनु नपर्ला भन्न सकिन्न ।

गत साउन २० मा चितवनको एउटा होटलमा झुन्डिएको अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीले आफ्नो मोबाइलबाट मृत्यु अघि खिचेको भिडियो सार्वजनिक भएको थियो |

त्यही भिडियोको कारण प्रहरीले मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २, परिच्छेद १२ को आत्महत्या कसुरअन्तर्गत आत्महत्या दुरुत्साहनअन्तर्गतको आधारमा रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्की गरी तीनै जनालाई साउन ३० गते काठमाडौंबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय चितवनको थुनामा राखेको थियो ।

त्यो भिडियोमा बारम्बार अस्मिता कार्की र उनको परिवारका अन्य सदस्यहरुको समेत नाम लिदै अस्मिता पनि आफ्नो मृत्युको जिम्मेबार भन्दै नाम लिएकाले अनुसन्धान गर्न प्रहरीले नर्स पेशामा रहेकी अस्मिता कार्कीलाई काठमाडौँबाट पक्राउ गरे लगत्तै विभिन्न मिडिया, सामाजिक संजाल भरी अनेक कथाहरु बन्दै तिनको चरित्र हत्या हुन् शुरु भएको थियो ।

अदालतबाट रिहाई पाए पश्चात नयाँ कथाहरु बन्दैन भनि अनुमान गरिए पनि पुराना कथाहरुले तिनका दैनिकी सहजताका साथ चलाउन मद्दत भने पक्कै गर्ने छैन ।

यसरी १० दिनको न्यायिक हिरासत पश्चात भएको रिहाईले सबैमा खुशियाली छाउनु स्वभाविक हो । त्यसका झलकहरु चितवनदेखि काठमाडौँका सडकहरु तथा सामाजिक संजाल भरी देखिदैछ |

केहि दिन पश्चात यी सबै खबरहरु पुन: सामान्य भएर जाला सिवाय अस्मिताको मानसिक पीडादायी भोगाईका अनुभूतिहरु बाहेक ।

२२ वर्षीया नर्स अस्मिता कार्कीको जीवनका संघर्ष र मृतक शालिकरामबाट भोग्दै आएका मानसिक यातना बारे भदौ ७ गते कान्तिपुरमा आएको लेख “विवाहेत्तर सम्बन्धको भित्री पाटो” मा बडो मार्मिक ढंगले प्रस्तुत गरिएको छ। उक्त लेखमा अस्मिताको निर्दोषिताका बाबजुद पाएका मानसिक पीडा अनि अनिच्छित सम्बन्धबाट निस्किने गरेका संघर्ष समेतको उजागर गरेको छ।

यति हुँदा हुँदै पनि अब अदालतबाट न्याय पाए उपरान्त अस्मिताको अस्मिता फर्किन्छ ? के उनले आफ्नो सामाजिक सम्मान फिर्ता पाउन सक्छिन ? रवि लामिछाने र युबराज कडेल झैँ अस्मिता कार्कीको जीवन पनि सहज बन्ला ? यी प्रश्नहरुको जवाफ कसले दिन्छ ?

त्यसै पनि पितृसत्तात्मक समाजमा एक महिलाको सम्मानित जीवन सहज हुन्न त्यस माथि पनि संघर्षरत अविवाहित मध्यम वर्गीय अस्मिताको अस्मितालाई शालिकराम मृत्यु प्रकरणले जसरी छताछुल्ल पारियो त्यसले उनको बर्तमान र भावी जीवनलाई कस्तो असर पर्ला कसैले सोचेनन। घरदेखि बाहिरी दुनियाँ संग काँधमा काँध मिलाएर हिड्नु सहज छैन एक महिलाको लागी।

हरेक महिना ४ दिनसम्म रगत बगाउदै दुखेको ढाड र असहजताका बाबजुद आफ्नो पेशामा दक्षता हासिल गर्न उठ्ने हरेक महिलाका पाईलाहरु कम संघर्ष पूर्ण हुन्न तर पनि आत्म–सम्मानका साथ बाच्ने अभिलाषाको चाहनाले संघर्ष गर्न तल्लिन हुन्छन र पछी हट्दैन तिनका पाइलाहरु।

चाहे घन्टौ उभिदै अरुको जीवन जोगाउन तल्लिन नर्सकाहातहरु हुन् वा पुरुष विद्वानहरु संगै न्यायको लागी अदालत भित्र बहस गर्ने महिला अधिबक्ता आफ्ना पीडा र भोगाईहरु संगै संघर्ष गरी रहेका भेटिन्छन महिलाहरु जसको उदेश्य एक मात्रै हुन्छ सम्मानित भई समानताको अनुभूतिले दिने आत्म-सम्मानको प्राप्ति ।

अब यो घटनाले अस्मिताको आत्म-सम्मान बढाउला कि घटाउला ? सम्पूर्ण घटना र उपलब्ध प्रमाणहरु नियालेर नै सम्मनित अदालतले उनलाई साधारण तारिखमा रिहा गरे तर के समाजका नजरहरुबाट पनि तिनी त्यसरी नै रिहा होलिन?

चाहे मृतकले कोठा भाडामा लिएर अस्मितासँग समय बिताउने प्रशंग होस् वा बिभिन्न शब्दहरुको प्रस्तुतिसँगै तिनको तस्विर र मृतकसँगको मोबाइलमा भएको एसएमएस जसरी छ्याल्लब्याल पारियो यसले अस्मिता कार्कीको गोपनियताको हक जुन संविधानले नै प्रत्याभूत गरेको छ त्यसको खिल्ली नै उडाएको देखिन्छ ।

सँगसँगै सम्बन्धित सबै पक्षको अस्मिता प्रतिको असम्वेदन शिलता प्रष्ट देखियो अब उप्रान्त अदालतले न्याय दिए पनि अस्मिताले त्यो महसुस गर्न सक्लिन र जीवन सहज बन्ला? यदि बाधा र चुनौतीहरु थपिए भने त्यसको जिम्मेवार को हुन्छ ?

संविधान बनाएर मात्रै पुग्छ? यहाँ अस्मिता कार्कीको सम्विधान प्रदत्त मौलिक हकहरु मध्ये सम्मानसहित बाच्न पाउने हक र गोपनियताको हक यसरी किन खोसियो? संविधान प्रदत्त मौलिक हकहरुको अनुभूति सर्बसाधारण नागरिकले गर्न पाए कि पाएनन त्यसको लेखाजोखा गर्ने जिम्मेवारी कस्को हो ? किन सबै सम्बन्धित निकाय मौन बसे अस्मिताको अस्मिता यसरी छताछुल्ल पारिंदा ?

उनको व्यक्तिगत जीवन, पारिवारिक जीवन र पेशागत जीवन सबैमा यसको कस्तो असर पर्ला? घटना एउटै भए पनि त्यसको असर फरक फरक पर्छ ।

महिला र पुरुषको व्यक्तिगत र सामाजिक जीवनमा त्यसैले जीवन जोगाउन र सम्मानित बनाउन समाजका हरेक पक्ष उत्तिकै सम्बेदनशील हुन जरुरी छ, ताकी सबैको दैनिकी सहज, सरल र सम्मानित बनोस अनि स्वस्थ समाजको निर्माण होस् जहाँ कुनै पनि अस्मिताले आफ्नो अस्मिता यसरी गुमाउनु नपरोस् ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ८ : १७ बजे

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको

जग्गा बेच्न दिने अध्यादेश : क–कसलाई फाइदा ? (सूचीसहित)

काठमाडौं – सरकारले यही वैशाख १६ र १७ गते गर्न

आजका समाचार : कतारका अमिर स्वदेश फिर्तादेखि सांसद गुरुङको निलम्बन फुकुवासम्म

कतारका अमिर स्वदेश फिर्ता मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट

जलेश्वर– महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा

ललितपुरमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण 

ललितपुर– ललितपुर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण (स्क्रिनिब) सेवा