अष्ट्रेलियाले अब इन्टरनेटको अल्गोरिदम नै नियमन गर्ने | Khabarhub Khabarhub

अष्ट्रेलियाले अब इन्टरनेटको अल्गोरिदम नै नियमन गर्ने


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अब अष्ट्रेलियाले फेसबुक, गुगल लगायतका प्राविधिक कम्पनीले प्रयोग गर्ने अल्गोरिदमलाई नियमन गर्ने भएको छ ।

यस्ता कम्पनीहरुले प्रयोगकर्तासमक्ष कस्तो किसिमका विज्ञापन पुर्‍याउँछन् भन्ने विषयमा जानकारी लिनका लागि अष्ट्रेलियाले अल्गोरिदम नियमन गर्न लागेको हो ।

अष्ट्रेलियाको प्रतिस्पर्धा तथा उपभोक्ता आयोगले विशेष शाखा स्थापना गरी इन्टरनेटको अल्गोरिदम नियमन गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अल्गोरिदमको माध्यमबाट कम्पनीहरुले निश्चित किसिमको प्रयोगकर्तासमक्ष निश्चित विज्ञापनको पहुँच पर्‍याउने गरेका छन् ।

यसबाट प्रयोगकर्तासमक्ष जाने डिजिटल विज्ञापनको नियमन हुने र ती कम्पनीहरुको पारदर्शीता स्पष्ट हुने अष्ट्रेलियानअधिकारीले जनाएका छन् ।

यसअघिका अध्ययनबाट गुगल लगायतका कम्पनीको अल्गोरिदमबाट आफ्नो विज्ञापनमात्र अधिकांश प्रयोगकर्तासमक्ष पुर्‍ याउने गरेको नतिजा सार्वजनिक भएको थियो । यसबाट डिजिटल विज्ञापनमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै आलोचना समेत हुँदै आएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ८ : ४६ बजे

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती