सांसद प्रभु साह–जसले हरेक वर्ष जनतालाई बुझाउँछन् कार्य प्रगती विवरण | Khabarhub Khabarhub

सांसद प्रभु साह–जसले हरेक वर्ष जनतालाई बुझाउँछन् कार्य प्रगती विवरण


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कटहरिया– रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले आर्थिक वर्ष २०७५/७६ मा गरेको कार्यहरुको प्रगति विवरण प्रस्तुत गरेका छन् ।

शनिबार कटहरियामा एक कार्यक्रमको आयोजना गरी सांसद साहले सदाझैँ गत आर्थिक वर्षमा भएका कामहरु तथा चालु आ.व. २०७६/७७ मा गरिने कार्यहरुबारे स्थानीयसँग अन्तरक्रिया गरेका हुन् ।

प्रगति विवरणमा आ.व. २०७५/७६ मा सम्पन्नजनसम्बन्ध तथा सेवा, जनपरिचालन एवम् दिशानिर्देश, शिक्षा र स्वास्थ्य, बाँध तटबन्ध तथा नदी नियन्त्रण, सिँचाई, उर्जा, सडक पूर्वाधार, भवन तथा खानेपानीसम्बन्धी कार्यहरुको जानकारी दिइएको छ।

कार्यक्रममा बोल्दै सांसद साहले आफू सधै जनतासंगै जनताको बीचमा रहेको जीकिर गरे । इमानदार चरित्र, पारदर्शी काम र जनताको सक्रिय सहभागिता बिना समृद्धिको यात्रा तय गर्न नसकिने बताए ।

सोनरनिया र विजयपुरमा गुणस्तरीय शिक्षाका लागि सामुहिक प्रतिवद्धता, माध्यमिक तहका छात्रालाई साइकल तथा ११ र १२ कक्षाका छात्रालाई ल्यापटप वितरण गरिएको गत आर्थिक वर्षमा विभिन्न विद्यालयमा प्राविधिक शिक्षालय सञ्चालन गरिएको हो ।

विभिन्न विद्यालयमा सुचना प्रविधि प्रयोगशाला स्थापना भएका छन् भने विद्यार्थी भर्ना कार्यक्रम प्रभावकारी बनाउन विभिन्न कार्यक्रम आयोजना गरी सांसद साहले अभिभाकत्व लिइ विद्यार्थी भर्ना गरेका थिए ।

विभिन्न स्थानमा स्वास्थ्य संस्था स्थापनाका लागि ठेक्का कार्य सुरु गरिएको छ भने सेवा सुधारका लागि प्राथमिक स्वास्थ्य केन्द्रको निरीक्षण तथा अनुगमन गरिएको प्रतिवेदनमा उल्लेख छ ।

चाडपर्वसहित हरेक विशेष अवसरमा सधै जनतामाझ रहेको, युवाहरुलाई प्रशिक्षण तथा ट्रयाकसुट र टोपी वितरण गरेको, खेलाडीलाई खेलकुद साम्रगी उपलब्ध गराएको, अतिक्रमित सार्वजनिक जग्गा भुमाफियाबाट मुक्त गराएको जस्ता जनसरोकारका कामहरु प्रतिवेदनमा उल्लेख छ । हरेक विषयमा जनतासँग परामर्श गरी काम गरिए उलेख्ख प्रतिवेदनमा गत आर्थिक वर्षमा उपराष्ट्रपतिसहित विभागीय मन्त्रीहरुलाई आफ्नो क्षेत्रमा भ्रमण गराइ विकास कार्यहरु थपिएको बताइएको छ।

लाल बकैया नदीमा बाँध निर्माण प्रक्रिया सुरु हुनाका साथै गुजरा, धनसर, झाँझ, भकुवा र अरुवा नदीमा थप नियन्त्रण कार्य प्रारम्भ गरिएको हो । गत वर्ष नहरहरुको स्तरोन्नति गरिएको छ भने डिप ट्यूबबेल,कुलो, तथा सिंचाई आयोजनाका कामहरु अगाडि बढाइएका हुन् । मौलापुर सबस्टेशन आयोजनामार्फत ७ कि.मी. नयाँ प्रशारण लाईन विस्तार तथा विद्युतीकरण र सोलार जडानका कार्यहरु पनि यसै वर्ष भएको सांसद साहको प्रतिवेदनमा उल्लेख छ । विभिन्न स्थानमा गरी गत वर्ष किरब ३० कि.मी. नयाँ सडक बनेको तथा कटहरिया र मौलापुरमा शहरी पूर्वाधार निर्माणका लागि डिपीआरुलगायतका कार्यहरु उल्लेख छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ६ : ३५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०