९२ वर्षीय ट्युनिशियाका राष्ट्रपति गम्भीर बिरामी | Khabarhub Khabarhub

९२ वर्षीय ट्युनिशियाका राष्ट्रपति गम्भीर बिरामी


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ट्युनिश– ट्युनिशियाका राष्ट्रपति बेजी सइद एस्सब्सीको स्वास्थ्यमा गम्भीर समस्या आएपछि अस्पताल भर्ना गरिएको छ ।

९२ वर्षे राष्ट्रपतिको स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनलाई राजधानी ट्युनिशमा रहेको सैनिक अस्पतालमा भर्ना गरिएको हो । सन् २०११ मा भएको क्रान्तिपछि मुलुकको राजनीतिको सबैभन्दा प्रमुख पात्रका रुपमा रहेका उनको अवस्था निकै गम्भीर रहेपनि उनी जिवित नै रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि स्थानीय सञ्चारमाध्यममा उनको निधन भएको हुनसक्ने समाचर सार्वजनिकक भएको थियो ।

उनको स्वास्थ्यमा कस्तो समस्या आएको हो भन्नेबारे केही खुलाइएको छैन । यसैसाता पनि स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । त्यसबेला उनको स्वास्थ्यमा सामान्यमात्र गडबडी भएको जनाइएको थियो ।

तत्कालिन राष्ट्रपति जिन अल अबिदिन बेन अलीको सत्ता ढलाएको सन् २०११ को क्रान्तिपछि उनी त्यहाँको सम्मानित राजनेताका रुपमा रहँदै आएका थिए । बेन अलीको सत्ता ढलेलगत्तै उनी त्यहाँको प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसको तीन वर्षपछि भएको निर्वाचनबाट उनी राष्ट्रपतिको जिम्मेवारीमा थिए ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ८ : ०२ बजे

गठबन्धनमा गडबड : कांग्रेस भन्छ- नयाँ खबर सुन्न पाइन्छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सत्ता गठबन्धनमा हलचल

साताको अन्तिम नेप्से १९.५६ अंकले घट्यो

काठमाडौं– साताको अन्तिम दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) दोहोरो अंकले

विश्व सम्पदा दिवसको अवसरमा ‘हेरिटेज वाक’ (तस्बिरहरु)

काठमाडौं–  आज विश्व सम्पदा दिवसको अवसरमा  ‘हेरिटेज वाक’ कार्यक्रम भएको छ। 

अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

झापा– मेची उद्योग वाणिज्य संघले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहीन

कोशी प्रदेश सभामा संकल्प प्रस्ताव पेश

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा एमाले