भारतद्वारा वेष्ट इन्डिजलाई २६९ रनको लक्ष्य | Khabarhub Khabarhub

भारतद्वारा वेष्ट इन्डिजलाई २६९ रनको लक्ष्य


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इङ्ग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेट अन्तरगतको जारी खेलमा भारतले क्यारेबियन टोली वेष्ट इन्डिजललाई २ सय ६९ रनको लक्ष्य दिएको छ ।

म्यान्चेस्टरस्थित ओल्ड ट्रार्फोडमा भएको खेलमा भारले निर्धारित पूरा खेल खेल्दै ७ विकेट गुमाएर २ सय ६८ रन बनायो । वेष्ट इन्डिजका बलरहरुले उत्कृष्ट बलिङ गर्दा भारतले २ सय ६८ रन मात्रै बनाउन सकेको हो ।

भारतका लागि २ सय ६८ रन बनाउँदा कप्तान विराट कोहलीले ७२ रन बनाए । उनले ८२ बलमा ८ चौकाको मद्दतमा ७२ रन बनाएका हुन् । यस्तै, महेन्द्रसिंह धोनीले ५६ रन बनाउँदै अर्धशतक पूरा गरे । उनले अन्तिम ओभरमा १ छक्का र २ चौका प्रहार गर्दै भारतको योगफल बढाउन मद्दत गरे । केएल राहुलले ४८ रन, हार्दिक पाण्ड्याले ४६ रन बनाए ।

७२ रन बनाएका कप्तान कोहलीले एकदिवसीय खेलमा छोटो समयमा २० हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले ३ सय ७६ खेलमा २० हजार रन पूरा गर्दै भारतीय क्रिकेटर सचिन तेन्डुलकारको किर्तिमान तोडेका हुन् ।

भारतविरुद्ध वेष्ट इन्डिजका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे । जसमा केमर रोचले ३ विकेट लिए भने कप्तान जसन होल्डर र सेल्डोन कोट्रेले समान २–२ विकेट लिए । फिल्डिङमा पनि वेष्ट इन्डिजका खेलाडीहरुले भारतविरुद्ध उत्कृष्ट खेलेका थिए ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ७ : २० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका