करिश्माले ल्याइन् एसईईमा ३ जीपीए | Khabarhub Khabarhub

करिश्माले ल्याइन् एसईईमा ३ जीपीए


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिश्मा मानन्धर एसईईमा ३ जीपीए ल्याएर उत्तीर्ण भएकी छिन् । मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलबाट एसईई परीक्षा दिएकी करिश्माको परीक्षा केन्द्र डिल्लीबजारको विजय स्मारक माध्यमिक विद्यालयमा परेको थियो ।

१४ वर्षको उमेरदेखि अभिनय यात्रा थालेकी करिश्मा गतवर्ष स्कूल भर्ना भएकी थिइन् । करिश्मा स्कूल भर्ना भएपछि उनको खुबै चर्चा भएको थियो । राजनीतिमा समेत होमिएकी करिश्मा पछिल्लो समय राजनीतिबाट टाढा छिन् ।

सार्वजनिक नतिजा अनुसार  जीपीए ३.६०–४.०० सम्म ल्याउने कूल १६८८२ परीक्षार्थी रहेका छन् । जसमा छात्रको संख्या ९५९६ रहेको छ भने छात्राको संख्या ७२८६ छात्राको संख्या रहेको छ ।

त्यसैगरी, जीपए ३.२०–३.६० सम्म ल्याउने कूल ४८९६० विद्यार्थीमा छात्रको संख्या २७२७९ र छात्राको संख्या २१६८१ रहेको छ । जीपीए २.८०–३.२० सम्म ल्याउने कूल ६०७०६ विद्यार्थीमध्ये छात्रको संख्या ३४१६६ र छात्राको संख्या २६५४० रहेको छ ।

त्यस्तै, जीपीए २.४०–२.८० सम्म ल्याउने कूल ७४११० विद्यार्थीमध्ये कुल छात्र–३९०९५ र छात्रा– ३५०१५ रहेका छन् । जीपीए २.००–२.४० सम्म ल्याउने कूल ९७२९९ मध्ये छात्र ४५७८९ र छात्रा ५१५१० रहेका छन् ।

त्यसैगरी, जीपीए १.६०–२.०० सम्म ल्याउने कूल ९५२०९ मध्ये छात्र ४२८८३ र छात्रा ५२३२६ छन् भने जीपीए १.२०–१.६० ल्याउने कूल ४३८४० विद्यार्थीमध्य कूल १९१३३ छात्र र २४७०७ छात्रा रहेका छन् ।

त्यस्तै, ०.८०–१.२० जीपीए ल्याउने कूल ४४२९ विद्यार्थीमध्ये छात्र १८६६ छन् भने छात्राको संख्या २५६३ रहेको छ ।

जीपीए ०.८० भन्दा कम ल्याउने कूल ८२०७ विद्यार्थी रहेका छन् । जसमा छात्रको संख्या ४२२५ छ भने छात्राको संख्या ३९८२ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षामा नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र आंशिक गरी जम्मा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

छात्रा २ लाख ३८ हजार ५ सय ५८ र छात्र २ लाख ३६ हजार ४ सय सहभागी थिए । यीमध्ये सामुदायिक विद्यालयबाट ३ लाख ४० हजार १ सय ९६ र निजीबाट १ लाख ३४ हजार ८ सय सहभागी भएका थिए ।

परीक्षामा ५० जना विद्यार्थीको परीक्षा रद्द गरिएको जनाएको छ । परीक्षफल चित्त नबुझेमा प्रतिविषय ५ सय रुपयाँ तिरी पुनर्योग गर्न सकिने परीक्षा बोर्डले जनाएको छ ।

एसइईको नतिजा अनलाइनबाट हेर्न मिल्ने व्यवस्था कार्यालयले गरेको छ । जसअन्तर्गत विभिन्न वेबसाइट तथा एसएमएसबाट नतिजा थाहा पाउन सकिन्छ ।

यहाँ क्लिक गरेर एसईईको नतिजा हेर्नुस्

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ५ : २६ बजे

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई