नेताहरुको कोपभाजनमा नेकपाको विद्यार्थी संगठन, एकीकरणले संगठन जोडियो मन जोडिएन | Khabarhub Khabarhub

नेताहरुको कोपभाजनमा नेकपाको विद्यार्थी संगठन, एकीकरणले संगठन जोडियो मन जोडिएन


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको एक वर्षमा भ्रातृ तथा जनवर्गीय संगठनको एकता भएको हो । गत जेठ तीन गते एकता भएपनि कुनै पनि संगठनले संगरुठनको रुप धारण गर्न सकेका थिएनन् ।

पार्टी एकता वर्ष दिन पुगेको अवसरमा नेकपाले जिल्ला कमिटी र भ्रातृ संगठनहरुको एकता गरेको थियो । केही जिल्ला कमिटीको एकतामा समस्या समेत देखिएको थियो भने भातृ संगठनहरु मध्ये सबैभन्दा ठूलो र सक्रिय संगठनको रुपमा रहेको विद्यार्थी संगठनमा एकीकरणले उत्साह भर्न सकेन ।

भ्रातृ ‘जनवर्गीय’ संगठन मध्ये सबैभन्दा प्रभावकारी भनेर चिनिएको विद्यार्थी संगठनको त एक महिनासम्म संयोजक र सहसंयोजकको समेत बैठक हुन सकेको छैन। यसो हुनुमा पार्टीको व्यवहार र एकतामा प्रयोग भएको मापदण्ड कारण बनेको छ ।

सबै संगठनको एकता एक पक्षको अध्यक्ष संयोजक र अर्को पक्षको अध्यक्ष सहसंयोजक हुनेगरी गर्ने दुई अध्यक्षबीच समझदारी भएको थियो  । यस्तै एकताका लागि गठनभएका विभागीय कार्यदलले पनि यही सुझाव दिएका थिए । तर, विद्यार्थी संगठनहरुको एकतामा मापदण्डभन्दा पनि नेकपाका अध्यक्ष केपी ओली हावी भए ।

दुई संगठनका अध्यक्षहरुबीच मात्र संयोजक सहसंयोजक तोक्ने मापदण्ड विपरित  महासचिव संयोजक बने भने अर्को संगठनका अध्यक्ष सहसंयोजक हुन पुग्ये । तत्कालिन नेकपा एमाले नकटको विद्यार्थी संगठन अनेरास्ववियुका महासचिव ऐन महर संयोजक र माओवादी निकटको अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङ सहसंयोजक घोषित भए । यसलाई कतिपय विद्यार्थी नेताहरुले पार्टी नेताहरुको कोपभाजनमा विद्यार्थी संगठनमा परेको रुपमा हेरे ।

सो दिन एकता घोषणा भएका भ्रातृ संगठनमा  एकता घोषणाले उत्साह ल्यायो तर पार्टी एकताको एक वर्षमा बनेको दीर्घ अनेरास्ववियूमा भने विवाद चल्यो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताबाट गत वर्षको जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको हो । हुन त एकता घोषणाकै क्रममा अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता हुन नदिने दुनियाँका तागतलाई असफल पार्दै एकता गरेको र आगामी तीन महिनाभित्र सबै तहको एकताले पूर्णता पाउँने बताएका थिए ।

तर पार्टी एकताको सम्पूर्ण काम अझै सकिएको छैन । पोलिट्व्यूरो गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, स्थानीय तहमा पार्टी एकीकरण लगायतको काम अझै सकिएको छैन ।

एकता सकिएका मध्य पनि विद्यार्थी संगठनको एकताले भने दुई विद्यार्थी संगठनमा अझै आत्मिय एकता हुन सकेको छैन ।

एकपक्षको अध्यक्ष संयोजक भए अर्को पक्षको त्यही संगठको अध्यक्ष सहसंयोजक हुने मापदण्डमा अनेरास्ववियु अध्यक्ष नविना लामा सांसद भएकाले संयोजक अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङ्ले पाउने धेरैको अनुमान थियो। तर,प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीकै जिल्लाका तामाङलाई ओलीले निर्वाचनमा परिचालिन हुने कार्यकर्तामा मत्र सिमित देखे। एकतापछि पनि आफूलाई मन पर्ने ऐन महरलाई छोड्न सकेनन् ।

‘मापदण्ड गोलीमार’ संयोजक र सहसंयोजक हुने मापदण्डमा इच्छा हावी भयो। ओलीले अनेरास्वियु र अखिल क्रान्तिकारीको एकताबाट बनेको दीर्घ अनेरास्ववियूको संयोजक अनेरास्ववियुतर्फका महासचिव ऐन महरलाई तोके -सहसंयोजक बने अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङ ।

आफू भन्दा तलकालाई पार्टीले अध्यक्ष बनाएपछि तामाङको फेसबुक स्टाटस लेखे-एकताका लागि बनेको मापदण्ड अनेरास्ववियुमा पालना भएन। यसबारे म नेताको धारणा माग्छु। मैले यसलाई स्वीकारिसकेको छैन।

तामाङको यो धारणा पछि संगठन नै विभाजित जस्तै भयो ।  मापदण्ड लागू हुनुपर्ने मतका आधारमा । तर ओली आफ्नो अडानबाट डग्ने कुरा भएन। तामाङले कुरा गर्छु भन्दा बालुवाटारमा बोलएपनि उनको गुनासो सुन्ने हैन निर्देशन दिने काम मात्र भयो । अर्का अध्यक्ष प्रचण्डसँगको कुराकानी पछि एक हप्तामा तामाङले गृहजिल्ला झापा पुगेर पत्रकारमाझ धारणा सार्वजनिक गरे – ‘म अनेरास्ववियूको सहसंयोजक स्वीकार गर्छु।’

तामाङको धारण आएसँगै संयोजक ऐन महरले फेसबुक स्टाटस लेखे- ‘मेरा सहयोद्धा कमरेड रञ्जीत तामाङले पार्टी एकता र संगठनको एकतालाई बलियो बनाउन लिनु भएको निर्णयको उच्च सम्मानका साथ हार्दिक स्वागत गर्दै बधाई ज्ञापन गर्दछु।’

गतिविध शून्य

एकतामा घटुवा भएपनि स्वीकार गरेका तामाङलाई महरले सामाजिक सञ्जाल मार्फत स्वागत गरेपनि अहिलेसम्म औपचारिक छलफल हुन सकेको छैन।

एकतापछिको एकमहिना कसरी वित्यो त? भन्ने प्रश्नमा सहसंयोजक तामाङ भन्छन्- ‘केही भेटघाट, केही कार्यक्रममा उपस्थिति अनि एकतालाई कसरी बलियो बनाउन सकिन्छ भनेर साथिहरुसँग छलफल गरेर वितिरहेको छ।’

दुई संगठनको एकतापछि पनि गतिविध शून्य पारिएकोमा अन्य विद्यार्थी नेताहरु चिन्तित छन् ।  एकता भएर पनि गतिविधि हुन नसकेको र बोल्ने अवस्थासमेत नहुँदा उनीहरु विलखबन्ध अवस्थामा छन् । उनीहरु खुलेर बोल्न समेत सक्ने अवस्थामा छैनन्। ‘यो एक वर्षमा विद्यार्थी संगठनलाई राम्रो भयो, भन्ने कुनै चिज छैन’ अनेरास्ववियूका एक नेताले भने’नराम्रो भयो भनौ भने भन्ने अवस्थै छैन। सत्य बोलियो भने अफै धरापमा परिहालिन्छ।’

अनेरास्ववियुतर्फका पूर्वउपाध्यक्ष महेश गड्तौला सगठरुनको एकतापछि पनि कुनै गतिविधि हुन नसकेको बताउँछन् ।  ‘हामी त्यही अनेरास्ववियूका कार्यकर्ता हौं, हामीलाई कुनै जिम्मेवारी आएको छैन र गतिविधि भएको थाहा पाएका छैनौ,’ गड्तौलाले भने, ‘ऐनजी र रञ्जीतजीले पनि संयोजक र सहसंयोजक त तोकिनुभएको छ। तर अहिलेसम्म उहाँहरुकै शपथ ग्रहण भएको छैन।’

अनेरास्ववियूका केही नेताहरु सत्ता फेरवदलको सवाल चर्किएकाले पनि सबै संगठनमा अन्योल छाएको बताउँछन् । ‘देखि हाल्नुभएको छ पार्टीको पछिल्लो अवस्था,’ अनेरास्ववियूका एक नेता भन्छन्, ‘उहाँहरु (अध्यक्षहरु)मै समस्या छ भने हाम्रो संगठन त मुलत उहाँहरुको चाहना वेगर त गठन हुन र काम गर्नै सक्दैन नि !’ उनीहरु पार्टीको एकतामै समस्या देखिन लागेको हो कि भनेर चिन्तामा छन् ।

अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष तिलकराज भण्डारी अनेरास्विवयूमा नेताहरुले कार्यविभाजन नै नभएका कारण गतिविधिमा शून्यता छाएको बताउँछन्। ‘संयोजक सहसंयोजक तोक्ने बाहेकका कुनै काम भएका छैनन्,’ भण्डारीले भने,’हामीसम्म त जिम्मेवारी आउने नआउने नै अनिश्चित भएकाले पनि अन्योल बढेको छ।’

अनेरास्ववियुबाट संयोजक र अखिल क्रान्तिकारीबाट सहसंयोजक तोकेर दीर्घ अनेरास्ववियू बनाइएपनि अहिलेसम्म संस्थागत उपस्थिति भइसकेको छैन । दुबैले आफआफ्ना स्थानमा आआफ्ना पक्षका नेता कार्यकर्तासँगको भेटघाट जारी राखेका छन् । सबैभन्दा चलायमान संगठनको रुपमा रहेको सत्तारुढ नेकपाको भ्रातृ संगठन एकीकरण भएपनि भावनात्म एकता हुन नसकेकोमा तल्लो कमिटीका नेताहरु समस्यामा परेका छन् ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  २ : ४२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका