इजिप्टको जितमा सलाहको गोल निर्णायक | Khabarhub Khabarhub

इजिप्टको जितमा सलाहको गोल निर्णायक


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्टार फरवार्ड मोहम्मद सलाहले खेलको दोस्रो गोल गर्दा इजिप्ट अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ ।

इजिप्टमा जारी खेलको समूह चरणको अन्तिम खेलमा बिहीबार बिहान इजिप्टले डिआर कङ्गोलाई पराजित गर्दै अन्तिम १६ पक्का गरेको हो ।

इजिप्टले कङ्गोलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमै दुई गोल गरेको इजिप्ट अन्तिम १६ मा पुग्दा दोस्रो हाफभर पनि इजिप्टविरुद्ध गोल फर्काउन असफल रहेको कङ्गो समूह चरणबाटै बाहिरिएको छ ।

कङ्गोविरुद्ध इजिप्टका अहमद एलमोहमदीले खेलको २५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने सलाहले खेलको ४३ औं मिनेटमा गोल गर्दै टिमलाई दोहोरो अग्रता दिलाउँदा उनको उक्त गोल नै टिमको जितका लागि निर्णायक बन्यो । अब अन्तिम १६ मा इजिप्टले नाइजेरियासँग खेल्नेछ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १० : ०८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न