बनेपामा युवतीमाथि सिरिञ्ज प्रहार | Khabarhub Khabarhub

बनेपामा युवतीमाथि सिरिञ्ज प्रहार


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे । बनेपाको ब्यस्त बजारमा हिडिरहेकी ३४ बर्षीया युवतीलाई हातमा सिरिन्ज हानेर अर्की युवती फरार भएकी छिन् । मंगलबार राति सवा ८ बजे घर फर्कँदै गर्दा बाटोमा उनलाई अपरिचित युवतीले धक्का दिदै हातमा सिरिन्ज हानेर फरार भएको नेपाल समाचारपत्रमा खबर छ ।

राजधानीमा सिरिन्ज आतंक फैलिएसँगै राजधानीसँगै जोडिएको बनेपा नगरपालिका– ८ करुणा मार्गमा ठमेल घर भई बनेपामा २०७२ साल देखि बस्दै आएकी युवतीलाई सिरिन्ज प्रहार गरिएको हो । ‘दिदीको घर डेराबाट केहि पर छ, राति सवा ८ बजे दिदीको घरबाट १३ बर्षिया छोरी र म फर्कर्दै थियौं’–उनले भनिन–‘बाटोमा विपरित दिशाबाट आउँदै गरेकी एक युवती ठोक्किन आईन र हातमा हात जुधाएर अघि बढिन् ।’

‘उसँग ठोक्किए लगत्तै हातमा चसक्क भयो, म चिच्याएँ, छोरीले के भयो भन्न नपाउँदै फर्केर हेर्दा ती अधबैशे उमेरकी युवती फटाफट आफ्नो बाटो लागिन्’–उनले थपिन्–‘म कोठामा गएँ खाना खाएर सुतें तर हात दुखेर सुत्न सकिन । छोरी र म एउटा कोठामा सुत्ने भएकाले उनलाई भनें तर उनी निद्रामा भएकाले वास्ता गरिनन् ।’

‘बिहान उठ्दा समेत हात दुख्न छाडेन’–ती युवतीले भनिन्–‘हात मर्काउँदै एक्सरसाईज गर्दा त झन सुन्निए आयो । तत्कालै नाला दोबाटोमा रहेको मेडिकलमा गएँ । मेडिकलमा किराले टोकेर सुन्निको होकी भनेर जिज्ञासा राख्दा मेडिकलवालाले किराले टोकेको प्वाल नभई सियो घोपेको जस्तो देखियो भनेपछि म आतिएँ ।

तत्कालै उहाँले नै टेकु जानु भन्नु भयो ।’ ‘टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आधा दर्जन डाक्टरहरुले सिविसि, आरएफटी, एलएफटी, एचविएसएजी, एचसिभी, एचआईभी एड्स लगायतका जाँच गर्नु भयो र तत्कालै एचआईभी एड्स विरुद्धको औषधी खान दिनुभयो’–युवतीले भनिन–‘प्रहरीले पनि अनुसन्धान शुरु गरेको छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ८ : ५७ बजे

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको