बम विस्फोट घटनाका दोषीलाई कारबाही गर्न बारको माग | Khabarhub Khabarhub

बम विस्फोट घटनाका दोषीलाई कारबाही गर्न बारको माग


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एशोसिएशनले देशभर भएका बम विस्फोट घटनाका दोषीलाई कानूनी कारवाही गर्न सरकारसँग माग गरेको छ ।

बारका महासचिव लीलामणि पौडेलले विज्ञप्ति जारी गर्दै देशभर हिंसात्मक घटना गराई आम नागरिकमा भय, त्रासको वातावरणको सिर्जना भएको हुँदा दोषीलाई कारवाही गरी शान्तिपूर्ण रुपमा बाँच्न पाउने संविधान प्रदत्त मौलिक हकको सुरक्षा गर्न सरकारसँग आग्रह गरेको हो ।

मुलुकमा जघन्य अपराध, हत्या, हिंसाका घटनाबाट नागरिकको जीउधन, सम्पतिमा व्यापक क्षति भएको खबरले अत्यन्तै दुखित तुल्याएको तथा बम विस्फोटबाट चार जनाको मृत्यु र केही व्यक्ति घाइते भएको हुँदा भविष्यमा यस्ता घटना हुन नदिने प्रबन्ध मिलाउन विज्ञप्तिमा माग गरिएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ८ : ५१ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६