सांसदहरुको प्रश्न– काठमाडौंमै बम विस्फोट भएको छ, सरकार खोज्न कहाँ जानुपर्ने हो ? | Khabarhub Khabarhub

सांसदहरुको प्रश्न– काठमाडौंमै बम विस्फोट भएको छ, सरकार खोज्न कहाँ जानुपर्ने हो ?


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै कांग्रेसका सांसदहरुले राजधानीमा नै बम विस्फोटनमा परि सर्वसाधरणले ज्यान गुमाइरहेको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको आरोप लगाए ।

सांसदहरुले सरकारलाई दुई तिहाइको दम्भ देखाउन छाडेर जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति गराउन आग्रह गरे ।

नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले राजधानीमा दिउँसै बम विस्फोटमा परि सर्वसाधरणको ज्यान गएको भन्दै सुरक्षाको प्रत्याभुति गर्न सरकारले नसकेको बताइन् ।

दुई तिहाइको सरकार भएको बेलामा पनि राजधानीकै नागरिक अशुरक्षित भएपनि देशको अन्य स्थानका नागरिकको अवस्था कस्तो होला भन्दै उनले प्रश्न गरिन् । उनले भनिन् “सरकार किन चुप ? सरकार किन निदाएको छ ? नेपाली जनताले सरकारलाई खोज्न कहा जानुपर्ने सभामुख महोदय ?”

सांसद लालकाजी गुरुङ्गले पाँचथर देखि राजधानीको घट्टेकुलो सम्म श्रृंखलाबद्ध बम विस्फोट भइरहेको भन्दै शान्ति सुरक्षाको प्रत्याभुति गर्न सरकारले नसकेको बताइन् ।

दुई तिहाईको दम्भले मात्रै जनताले शान्ति सुरक्षाको महसुस गर्न नसक्ने उनको भनाइ थियो ।

सांसद बहादुर सिंह लामाले सरकारले शान्ति सुरक्षा दिन नसकेको भन्दै दुई तिहाईको दम्भ नदेखाई वार्तामार्फत समस्या समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद शान्ता चौधरीले शान्ति सुरक्षाको प्रत्याभुतिका लागि ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद सिता देवी यादवले दिनदहाडै राजधानीमा बम विस्फोटमा परि सर्वसाधरणको हत्या भइरहदा पनि सरकार के अर्धनिन्द्रामा छ ? भनी प्रश्न गरिन् ।

सांसद सुजाता परिवारले सरकारले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसकेको टिप्पणी गरिन् । सिंहदरबार नजिकै बम विस्फोट हुनु , पाँचथरमा ९ जनाको हत्या लगायत मुलुकभर विस्फोटका घटना भइरहनुले मुलुकको शान्ति सुरक्षाको स्थिति कमजोर भएको पुष्टि भएको बताइन् ।

सांसद हिरा गुरुङ्गले शान्ति सुरक्षा नदिने सरकारसंग के विकासको आशा गर्ने भनी प्रश्न गरे ।

सांसद ज्ञान कुमारी छन्त्याल ले सरकारले राजधानीकै सुरक्षा व्यवस्था चुस्त राख्न नसकेको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १२ : ३३ बजे

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक