प्रबल गुरुङले करण जोहरसँगको सम्बन्धलाई लिएर दिए यस्तो प्रतिक्रिया, भने - दु:खी छु | Khabarhub Khabarhub

प्रबल गुरुङले करण जोहरसँगको सम्बन्धलाई लिएर दिए यस्तो प्रतिक्रिया, भने – दु:खी छु


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नेपाली मूलका अमेरिकन डिजाइनर प्रबल गुरुङ र बलिउड फिल्ममेकर करण जोहरबीचको सम्बन्धका बारेमा गसिप चल्न थालेपछि प्रबलले खण्डन गरेका छन् । भारतीय फिल्ममेकर करण जोहरको जन्मदिनमा प्रबल गुरुङले शेयर गरेको तस्वीर र क्याप्सनले प्रबल र करण दुई प्रेमसम्बन्धमा रहेको भन्दै समाचार तथा गसिप बनेपछि प्रबल तनावमा परेका छन् ।

प्रबलले एक करण जोहरसँग अंकमाल गरेको तस्वीर शेयर गर्दै लेखेका थिए, ‘प्रेम गरेपछि किन डराउने, जन्मदिनको शुभकामना केजो ।’

 

View this post on Instagram

 

Pyaar Kiya To Darna Kya. Happy birthday KJo.

A post shared by Prabal Rana Gurung (@troublewithprabal) on

प्रबलको यो जन्मदिनको शुभकामनापछि करण र प्रबल प्रेमसम्बन्धमा रहेको हल्ला चलेको थियो । यस्ता समाचार भाइरल भएपछि करणले पनि हल्ला भएको प्रतिक्रिया दिएका थिए । समाचारले प्रबललाई पनि निकै तनाव पु–याएको छ । उनले सामाजिक सञ्जालका माध्यमबाट लामो सन्देश लेख्दै करण जोहरलाई आफूले दाइका रुपमा माया गरेको बताए ।

‘जुन हल्ला चलिरहेको छ, त्यो हल्लाका कारण म एकदमै दुःखी छु, करण जोहरसँगको रसरंग सम्बन्धको हल्ला चलिरहेको छ, त्यसमा कुनै सत्यता छैन,’ प्रबलले भने, ‘मैले पछिल्लो समय अपलोड गरेको इन्स्टाग्राम पोस्ट बलिउडप्रतिको मेरो माया मात्र हो, करण जोहर मेरा मिल्ने साथी हुन्, गुरु हुन्, मेरा दाइसमान हुन् ।’

प्रबलले करण जोहरलाई आफूले ‘ठूल्दाइ’ समान मानेर माया गर्ने गरेको बताए ।

पछिल्लो समय करण जोहर र प्रबल गुरुङ सम्बन्धमा रहेको भन्ने समाचार अन्तराष्ट्रिय मिडियामा समेत गसिप बनेका थिए । केही समयअघि करण र प्रबलको भेट भएको थियो । दुवैले केही समय साथै बिताएका थिए ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १२ : ३७ बजे

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति