विप्लव समूहसँग ४ कम्पनी सैनिक छन् : गृहमन्त्री बादल | Khabarhub Khabarhub

विप्लव समूहसँग ४ कम्पनी सैनिक छन् : गृहमन्त्री बादल


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको समूहले जनसेनाको नाममा ४ वटा कम्पनी (सैनिक दस्ता) तयार पारेको तथ्य बाहिर आएको छ ।

संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव नेतृत्वको नेकपाले जनसेनाको रुपमा ४ कम्पनी निर्माण गरेको बताएका हुन् ।

‘केही समययता नेकपा विप्लव भन्ने समूहले संविधान र राज्य व्यवस्थाको विरुद्ध गैरकानूनी, संविधान विरोधी र शान्ति विरोधी गतिविधिहरु गर्दै आएका छन्,’ सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री थापाले भने, ‘उनीहरुले जनसरकारको रुपमा जनपरिषद भन्ने संस्था गठन गरेका छन््, जनसेनाको रुपमा उनीहरुले ४ कम्पनी अहिले निर्माण गरेका छन् ।’
विप्लव नेतृत्वको नेकपा विगत केही वर्षदेखि सशस्त्र गतिविधिमा संलग्न रहेको पनि बताए ।

गृहमन्त्री बादलले आइतबार राजधानीका विभिन्न ठाउँमा भएका विस्फोटमा परी ४ जनाको ज्यान गएको विषय पनि संसदलाई जानकारी गराए ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा शुन्य समयमा बोल्ने अधिकांश सांसदले राजधानीमै बम विस्फोट हुँदा ४ जनाको हत्या, पाँचथर र दार्चुलामा भएका घटनाले सरकार शान्ति सुरक्षा कायम गर्न असफल रहेको भन्दै आलोचना गरेका थिए ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १२ : २२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न