एट्लान्टा क्लब इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगका लागि छनोट | Khabarhub Khabarhub

एट्लान्टा क्लब इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगका लागि छनोट


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


इटालीयन क्लब एट्लान्टा क्लब इतिहासमै पहिलो पटक युइएफए च्याम्पियन्स लिगका लागि छनोट भएको छ । सिरी ‘ए’ मा सोमबार बिहान भएको लिगको अन्तिम खेलमा सस्सोउलोलाई ३–१ गोल अन्तरले पराजित गर्दै एट्लान्टाले पहिलो पटक च्याम्पियन्स लिगको यात्रा शुनिश्चित गरेको हो ।

एट्लान्टाको ११२ वर्ष क्लब इतिहासमा पहिलो पटक सिरी ‘ए’ मा इटर मिलान, एसी मिलान र रोमाभन्दा अंक तालिकामा अगाडि रहेको पनि यो पहिलो पटक हो ।

सस्सोउलोले एट्लान्टाविरुद्ध १९ औं मिनेटमा गोल गरेको थियो । जुन गोल बेरर्दीले गोल गरेका थिए । त्यसपछि लगातार एट्लान्टाका खेलाडीले विपक्षीको पोष्टमा तीन गोल गरेपछि ससेउलो पराजित भयो ।

जसमा एट्लान्टकाका लागि दुभान जाप्टाले ३५ औं मिनेटमा, पपु गोमेजले ५३ औं मिनेटमा र मारियो पसलीकले ६५ औं मिनेटमा गोल गर्दै टिमलाई ३–१ को अवस्थामा पु¥याएका थिए ।

एट्लान्टाले घरेलु मैदानमा पाहुना टोलीलाई पराजित गर्दा इन्टरले त्रिउमफेडलाई २–१ गोल अन्तरले पराजित ग¥यो भने इमपोली रेलिगेशनमा पेको छ ।

च्याम्पियन्स लिगमा स्थान बनाएको एट्लान्टाले ३८ खेलबाट ६९ अंक बनाउँदा इन्टर मिलानले पनि समान ३८ खेलबाट ६९ अंक नै बनायो तर, गोल अन्तरले एट्लान्टा अगाडि हुँदा युरोपका लागि टिकट पायो ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ११ : २३ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,