बीआरआईमा राष्ट्रपति सहभागी हुनु उपयुक्त होइन– कोइराला | Khabarhub Khabarhub

बीआरआईमा राष्ट्रपति सहभागी हुनु उपयुक्त होइन– कोइराला


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संवै धानिक राष्ट्रपति विद्यादेवी भण्डारी कार्यकारी राष्ट्रपति जस्तो गरी बीआरआई सम्मेलनमा भाग लिन चीन जानु उपयुक्त नभएको बताएका छन् ।

डा कोइरालाले पछिल्लो समय राष्ट्रपतिको सक्रियता बढेको समेत दाबी गरे । डा कोइरालाले भने,‘ पछिल्ला दिनहरुमा जसरी राष्ट्रपतिको क्रियाशिलता जसरी बढिरहेको छ, यो लोकतन्त्रको लागी शुभ संकेत होइन। जुन काम कार्यकारी प्रधानमन्त्रीले गर्नु पर्ने हो त्यो काम संवैधानिक राष्ट्रपतिले गर्दै हिडिरहनु भएको छ। यसबाट के सन्देश दिन खोजेको ?’

नेपाली कांग्रेस कोहलपुर नगर समिति, बॉकेको भेलालाई संवोधन गर्दै डा कोइरालाले वालुवाटार र टूॅडिखेलको जग्गा प्रकरणमा सत्यतथ्य सार्वजनिक गरेर जो दोषी देखिए पनि कारबाही हुनुपर्ने बताए । सरकार, भूमाफिया, राजनितिज्ञ र महानगरपालिकाको मिलेमतोमा वालुवाटारको जग्गा बिक्री गरेको र टूॅडिखेलको जग्गा भाडामा लगाएको उनको आरोप छ ।

कोइरालाले दुई तिहाईको दम्भमा सरकार संस्थागत र संगठित रुपले भ्रष्टाचारमा लिप्त भएको बताए ।

कांग्रेस केन्द्रिय धनराज गुरुङ्ले गरीब नेपालीको रगत–पसिना चुसेर राष्ट्रपति र प्रधानमन्त्रीले आलिशान जीवन बिताईरहेको बताए । केन्द्रिय सदस्य गुरुङ्ले कम्युनिष्टको बर्को ओढेर सिंहदरबारमा बसेर मुलुकमा लुटपाट नमच्चाउॅन प्रधानमन्त्रीलाई चेतावनी दिए । गुरुङ्ले भ्रष्ट्राचारको चाङ्मा उभिएर समृद्धिको सपना नदेख्न पनी प्रधानमन्त्रीलाई चेतावनी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ४ : ४९ बजे

सूर्य नेपाल ओपन : पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको सातौं प्रतियोगिता,

आजका समाचार : कतारका अमिर थानी नेपालमादेखि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटसम्म

कतारका अमिर थानी काठमाडौंमा कतारका अमिर शेख तमिम बिन हमाद

कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आज

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको

बँदेलले टोक्दा सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको