यस्तो छ कमेडीले भरिपूर्ण ‘जात्रै जात्रा’ को ट्रेलर (भिडियो) | Khabarhub Khabarhub

यस्तो छ कमेडीले भरिपूर्ण ‘जात्रै जात्रा’ को ट्रेलर (भिडियो)


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्म ‘जात्रै जात्रा’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरलाई शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा, वर्षा राउत, रविन्द्रसिंह बानियाँ लगायतका कलाकारको अभिनय रहेको फिल्मको ट्रेलरमा प्रशस्त कमेडी देख्न सकिन्छ । ट्रेलरमा सबै कलाकार सुनको पछि लागेको देख्न सकिन्छ । फिल्मका मुख्य तीन पात्रले भेट्टाएको सुनलाई उनीहरुले लुकाउन गर्ने प्रयास नै फिल्मको कथानक हो ।

यो फिल्मलाई ‘जात्रा’ को सिक्वेल पनि भनिएको छ । फिल्ममा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, प्रियंका झा लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्ममा शिवराम श्रेष्ठको छायांकन देख्न सकिन्छ ।

यस्तै फिल्ममा शंकर महर्जनको द्वन्द्व, सिंगे लामा र योगेश्वर पौडेलको निर्माता तथा मित्र डी. गुरुङको सम्पादन रहेको छ । यो चलचित्र जेठ ३ गतेबाट नेपालभर रिलिज हुँदैछ ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ९ : ०१ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको