आगामी मनसुन औसतभन्दा बढी हुने, बाढी पहिरोको प्रकोप बढ्न सक्ने पूर्वानुमान | Khabarhub Khabarhub

आगामी मनसुन औसतभन्दा बढी हुने, बाढी पहिरोको प्रकोप बढ्न सक्ने पूर्वानुमान


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण एसियामा गत वर्षभन्दा यस वर्ष बढी मनसुनी वर्षा हुने भएको छ । मौसमी गतिविधिमा प्रत्यक्ष असर पार्ने एलनिनो र लानिनोमध्ये बढी वर्षा गराउने लानिनोको प्रभावका कारण यो क्षेत्रमा बढी वर्षा हुने विज्ञहरूले बताएको राजधानी दैनिकमा खबर छ।

एलनिनोको प्रभावका कारण अघिल्लो वर्षमा कम मनसुनी वर्षा भए पनि यो वर्ष पूर्ण रूपमा एलनिनोको प्रभाव नभएको र लानिनोको प्रभाव बढी भएको हुँदा मनसुनी वर्षा बढी हुने पूर्वानुमान गरिएको छ । विश्व जल तथा मौसम संगठनको दक्षिण एसिया क्षेत्रीय मञ्च (सास्कोफ)ले दक्षिण एसिया क्षेत्रमा लानिनोको प्रभाव बढी भएकाले वर्षा बढी हुने निष्कर्ष निकालेका हुन् । आगामी मनसुनी अवस्थाको विषयमा छलफल गर्न हरेक वर्ष हुने सास्कोफ बैठकले नियमित मनसुनी वर्षाभन्दा बढी वर्षा हुने निष्कर्ष निकालेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

‘लानिनोको प्रभाव बढ्दो रूपमा रहेको हुँदा त्यसैको प्रभावले आगामी मनसुनमा बढी वर्षा हुने निष्कर्ष निकालिएको हो,’ मौसमविद् पौडेलले भने, ‘पछिल्लो समयमा मौसमी गतिविधिमा आएको परिवर्तन कारण मनसुनको समयमा एकैपटक ठूलो मात्रामा पानी पर्ने र पुनः रोकिएर केही दिन घाम लाग्ने समस्या भने कायमै रहन्छ ।’

उनले यस्तो अवस्थामा हुने वर्षाले कृषि क्षेत्रमा राम्रो गरे पनि मनसुनको समयमा बाढी पहिरोको प्रकोप बढ्न सक्ने बताए । विश्व जल तथा मौसम संगठनले अघिल्लो वर्ष अत्यधिक गर्मी बढेको वर्षका रूपमा घोषणा गरेको थियो । उसले मौसममा भएको फेरबदल तथा जलवायु परिवर्तनको प्रभावका कारण औसतमा १ डिग्री सेल्सियस तापक्रम बढी भएको बताएको थियो । यो वर्ष दक्षिण एसियामा औसतभन्दा बढी वर्षाको सम्भावनासँगै तापक्रम वृद्धिका कारण प्राकृतिक विपद्को घटना भने बढ्न सक्ने निष्कर्ष निकालिएको छ ।

राष्ट्रपति भण्डारीको चीनमा नेपालीमा सम्बोधन, नेपालका लागि कनेक्टिभिटीको ठूलो महत्व शीर्षकको समाचारमा राष्ट्रपति विद्यादेवी भण्डारीले बेइजिङमा जारी दोस्रो बेल्ट एन्ड रोड एनिसिएटीभ (बीआरआई) अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा नेपालीमा सम्बोधन गर्दै विश्वभरका नेपालीबाट प्रशंसा बटुलेकी छन् । विभिन्न अन्तर्राष्ट्रिय फोरममा नेपालको प्रतिनिधित्व गर्न गएका विशिष्ट व्यक्ति तथा मन्त्रीहरूले जानी नजानी अंग्रेजीमा बोल्ने, अंगेजीलाई देवनागरी लिपिमा लेखेर लवज नमिलाई बोलेर आलोचना भोगेका थुप्रै घटना छन् । तर, शुक्रबार राष्ट्रपति भण्डारीले बुद्धको जन्म भूमि र विश्वको सर्वोच्च शिखरको देश नेपाल र नेपाली जनताको तर्फबाट अभिवादन र शुभेच्छा भन्दै आफ्नो भाषण सुरु गरेकी थिइन् ।

सो अवसरमा उनले चिनियाँ राष्ट्रपति सी जिङ पिङ र चिनियाँ जनतालाई जनगणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सवका अवसरमा शुभकामना पनि दिइन् ।२५ देखि २७ अप्रिलसम्म हुने सम्मेलनमा विश्वका ४० देशका सरकार प्रमुखको उपस्थिति रहेको छ । साथै सम्मेलनमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो र अन्तर्राष्ट्रिय मुद्रा कोषका महानिर्देशकसहित विभिन्न ९० अन्तर्राष्ट्रिय संस्थाका करिब ५ हजार प्रतिनिधिको सहभागिता रहेको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्कको माध्यममार्फत नेपाल–चीनबीच सम्पर्क सञ्जाल प्रगाढ हुने बताएकी छन् । उनले नेपाल–चीन सीमापार रेलवेलगायतका सञ्जाल नेपाल र चीनबीच मात्र नभई यस क्षेत्रका अन्य देशसँगको सम्पर्क वृद्धि गर्न पनि बलियो माध्यम रहेको बताइन् ।

सिहदबार भित्र्याउँदै नमुना वडा १३ शीर्षकको समाचारमा स्मार्ट सिटीको अवधारणाअनुरूप पोखरा महानगरपालिका–१३ नेपालमै नमुना वडाका रूपमा अघि बढेको छ । सेवाग्राहीको काम गर्ने थलो कुँडहरस्थित वडा कार्यालय पुग्दा लाग्छ, ‘साँच्चै सिंहदरबार भित्रिएछ ।’ २०७४ सालको स्थानीय तह निर्वाचनपछि चुनिएका वडा अध्यक्षसहित जनप्रतिनिधिले नमुना वडा बनाउन वडा कार्यालयबाटै काम थाले । विगतमा एक कोठामा मात्र सीमित वडा कार्यालयले सेवा प्रवाह चुस्त पारेको छ नै । यसका अतिरिक्त महानगरमै पहिलोपटक स्मार्ट नागरिक बडापत्र, सीसी टिभी क्यामरा, स्मार्ट कार्ड, कर्मचारी कक्ष, हेल्थ ल्याब, सुन्दर गार्डेन, कन्फरेन्स हल निर्माण गरेको छ । साथै अपांगता भएका व्यक्ति, अशक्त र वृद्धवृद्धामैत्री कार्यालय यसको नमुनायोग्य कार्य हो ।

शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायत विकासका पूर्वाधारमा पनि वडाका जनप्रतिनिधि लागिपरेका छन् । केही गरौं भन्ने जोस लिएर अघि बढेका छन् युवा वडा अध्यक्ष लेखबहादुर तमाङ (दर्शन लामा) र उनलाई तनमन दिएर सघाइरहेका छन् सदस्यका रूपमा रहेका सारथिहरूले । ‘गरे के हुन्न र काम गर्ने जोसजाँगर र हिम्मत लिने हो भने असम्भव भन्ने कुनै चिज छैन,’ वडा नम्बर १ लाई मुलुककै नमुना वडा बनाउन कम्मर कसेर लागेका तामाङ भन्छन् ‘विगतमा जनप्रतिनिधि नहुँदा सबैको मनलाग्दी भो, सामाजिक जटिलता उत्तिकै आए । तर हामीहरू चुनिएर आइसकेपछि सभ्य समाज निर्माण र स्मार्ट सिटीको अवधारणाअनुरूप वडालाई नमुना बनाउन लागिपरेका छौं ।’ उनले सबै वडावासीको सहयोग र साथ पाएमा वडालाई अझै स्मार्ट र नमुनायोग्य बनाउन सकिने बताए ।

त्यस्तै पत्रिकाले शिक्षामन्त्रीको मार्गचित्र अलपत्र परेको, सरकारले आर्थिक लक्ष्य हासिल गर्न नसकेकोलगायतका समाचारलाई प्राथमिकतामा राखेको छ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ७ : ०८ बजे

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय महिलाको करिब ८५०