निर्देशन अवज्ञा गरेको भन्दै क्याटालोनियाका राष्ट्रपतिविरुद्ध अनुसन्धान शुरु | Khabarhub Khabarhub

निर्देशन अवज्ञा गरेको भन्दै क्याटालोनियाका राष्ट्रपतिविरुद्ध अनुसन्धान शुरु


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्याटालोनिया– स्पेनका अनुसन्धानकर्ताहरुले मुलुकको स्वशासित क्षेत्र क्याटालोनियाका नेताले निर्देशन अवज्ञा गरेको अभियोगमा अनुसन्धान शुरु गरेका छन् । क्याटालोनियाका राष्ट्रपति कुइम टोराले क्याटालोनियामा रहेका स्वतन्त्रताको समर्थनमा राखिएका सङ्केतहरु नहटाएको भन्दै उनीविरुद्ध निर्देश्न अवज्ञाको अभियोगमा अदालतको आदेशअनुसार अनुसन्धान शुरु गरिएको स्पेनी अनुसन्धनकर्ताले जनाएका हुन् ।

यसअघि स्पेनको निर्वाचन समितिले क्याटालोनियामा रहेका स्वतन्त्रता समर्थित झण्डा र अन्य सङ्केतहरुलाई सार्वजनिक स्थानबाट हटाउन ४८ घण्टाको म्याद दिएर राष्ट्रपति टोराको नाममा निर्देशन दिएको थियो । तर, राष्ट्रपतिले त्यसो नगरेका कारण उनले निर्देशन अवज्ञा गरेको अभियोगमा अनुसन्धान शुरु गरिएको हो ।

सन् २०१७ मा क्याटालोनियाले स्वतन्त्रताका लागि जनमत सङ्ग्रहको आयोजना गरेपछि क्याटालोनिया र स्पेनको सरकारबीचको सम्बन्ध निकै चिसिएको छ । स्पेन सरकारले त्यस जनमत सङ्ग्रह अवैधानिक रहेको भन्दै त्यहाँको सरकार भंग गरिदिएको थियो भने जनमत सङ्ग्रह गराउने तत्कालिन राष्ट्रपति कार्लस पुइज्दमनसहित पृथकतावादी नेताहरुविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

हाल राष्ट्रपति रहेका टोराविरुद्धको अभियोगमा उनी दोषी प्रमाणित भए उनीविरुद्ध दुई वर्षसम्म क्याटालोनियाको सरकार चलाउन अयोग्य रहनेगरी कारवाही हुनसक्ने बताइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ८ : ४२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०