आइतबारदेखि खुल्ने भयो बन्द रहेको मलेसियाको रोजगारी | Khabarhub Khabarhub

आइतबारदेखि खुल्ने भयो बन्द रहेको मलेसियाको रोजगारी


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली कामदारका लागि गत जेठ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी आगामी आइतबारदेखि खुल्ने भएको छ ।

गत कात्तिक १२ गते मलेसिया र नेपालबीच भएको श्रम सम्झौताको मर्मअनुसार आगामी आइतबारदेखि अन्तिम श्रम स्वीकृति दिने कार्य शुचारु हुन लागेको हो ।

पहिलो चरणमा कलिङ्ग भिसा लागेका ७ हजारभन्दा बढी कामदारलाई मलेसियाको अन्तिम श्रम स्वीकृति दिइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक उच्च अधिकारीले खबरहबलाई जानकारी दिए ।

‘मलेसियाले स्वास्थ्य परीक्षणको नयाँ मापदण्ड पठाएसँग अब कलिङ्ग भिसा लागेका कामदारलाई श्रम स्वीकृति दिने कार्य शुचारु गर्न लागिएको हो,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा खबरहबसँग भने, ‘आगामी आइतबारदेखि मलेसिया कामदार पठाउने काम शुरु हुन्छ ।’

आइतबारदेखि अन्तिम श्रम स्वीकृति दिन थालिने भएपछि कलिङ्ग् भिसा लागेका कामदारले आफूले राहदानी बुझाएका  म्यानपावर कम्पनीमा सम्पर्क गर्नुपर्ने भएको छ । कलिङ्ग भिसा लागेका कामदारलाई श्रम मन्त्रालयले नेपालस्थित मलेसिया राजदूतावाससँग सहकार्य गरेर पठाइने जनाएको छ ।

गत जेठ महिनामा श्रम मन्त्री गोकर्ण विष्टले रोजगारका लागि मलेसिया जाने नेपाली कामदारमाथि स्वास्थ्य परीक्षण लगायतका नाममा आर्थिक भार लगाउने संस्थालाई खारेज गर्ने निर्णय गरेपछि मलेसियाको रोजगारी बन्द भएको थियो ।

मलेसियाको रोजगारी बन्दु हुनु अगाडि ७ हजारभन्दा बढी कामदारको कलिङ्ग भिसा लागिसकेको थियो । अब उनीहरुलाई प्राथमिकतामा राखेर अन्तिम श्रम स्वीकृति दिइने श्रम मन्त्रालयले जनाएको छ । कलिङ्ग भिसा लागेका कामदारको हालका लागि नेपाल सरकार मातहतका स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गराएर अन्तिम श्रम स्वीकृति दिइने मन्त्रालयले जनाएको छ ।

नेपाली कामदार लिन मलेसियाले नयाँ स्वास्थ्य मापदण्ड पठाएको छ । जसअनुसार अब अन्तर्राष्ट्रिय मापदण्ड पुगेका स्वास्थ्य संस्थाले रोजगारीमा जान चाहने व्यक्तिको स्वास्थ्य परीक्षण गर्न सक्नेछन् ।

यद्यपि, स्वास्थ्य परीक्षण गराउन चाहने संस्थाले मुख्य ३ वटा मापदण्ड पूरा गर्नुपर्ने छ । नयाँ मापदण्डअनुसार स्वास्थ्य परीक्षण गर्न चाहने संस्थाले अनिवर्या रुपमा कामदारको उचाइ, लम्बाइ, तौल र शरीरको पूर्ण परीक्षण गर्नुपर्ने छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ५ : १८ बजे

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट

सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार