अमेरिका र इजिप्टका विदेशमन्त्रीबीच भेटवार्ता | Khabarhub Khabarhub

अमेरिका र इजिप्टका विदेशमन्त्रीबीच भेटवार्ता


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


वासिङ्टन– अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र इजिप्टका विदेशमन्त्री सामेह सोउकीबीच मङ्गलबार द्वीपक्षीय भेटवार्ता भएको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।

पोम्पेओ र सोउकीबीच दुई देशको आपसी हित र क्षेत्रीय सुरक्षा तथा स्थायित्वका विषयमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता रोबर्ट पल्लाडिनोद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भेटवार्ताको क्रममा पोम्पेओले इजिप्टलाई इजिप्ट–इजरायल शान्ति सम्झौताको ४० औँ वर्षगाँठको उपलक्षमा बधाई दिएका छन् ।

इजिप्ट र इजरायलबीच १९७९ मार्च २६ मा वासिङ्टन डिसीमा इजिप्टका राष्ट्रपति अन्बर सदात र इजरायली प्रधानमन्त्री मेनाचेम बिगिनबीच शान्ति सम्झौता भएको थियो ।

यस सम्झौतापछि इजिप्ट र इजरायलबीचको सम्बन्ध सामान्यीकरण हुनुका साथै १९६७ को तेस्रो मध्यपूर्व युद्धमा इजरायलले इजिप्टबाट कब्जामा लिएको सिनाई प्रायःद्वीपको विषय टुङ्गिएको थियो ।

सोही युद्धको क्रममा सिरियाबाट गोलान हाइटस्लाई पनि इजरायलले कब्जामा लिएर सन् १९८१ मा आफूमै गाभेको घोषणा गरेको थियो । तर यो कब्जालाई अन्तर्राष्ट्रिय समुदायले आजपर्यन्त स्वीकार गरेको छैन ।

गोलान हाइटस् इजरायलको हो भनी अमेरिकी प्रशासनले हालै दिएको मान्यतालाई सिरियाले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अधिकारमाथि अमेरिकाको ठाडो हस्तक्षेपको रुपमा लिएको सिरियाली समाचार समिति सानाले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  २ : २१ बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका