बाँकेमा विप्लव समूहका जनसरकार प्रमुख र सैन्य प्रमुखसहित तीन पक्राउ | Khabarhub Khabarhub

बाँकेमा विप्लव समूहका जनसरकार प्रमुख र सैन्य प्रमुखसहित तीन पक्राउ


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके–  जिल्ला प्रहरी कार्यालय बाँकेले नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार र मङ्गलबार गरी तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार प्रहरी नियन्त्रणमा पर्नेमा समूहका जनसरकार प्रमुख, सैन्य प्रमुख, न्यायिक कमिटीका इन्चार्ज छन् । उनीहरुमध्ये केहीलाई एनसेल टावरमा बम विस्फोट गरेको आरोप छ ।

सरकारले समूहको गतिविधिमा प्रतिबन्ध लगाएपछि बाँके प्रहरीले समूहका नेता तथा कार्यकर्तामाथि निगरानी र खोजी कार्य शुरु गरेको छ । शान्ति सुरक्षामा खलल पुग्ने कुनै काम कसैबाट हुन नदिन प्रहरीले निगरानी गरिरहेको प्रहरी उपरीक्षक पौडेलले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १ : ४६ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले