लिक्टेनस्टाइनको पोष्टमा इटालीको ६ गोल | Khabarhub Khabarhub

लिक्टेनस्टाइनको पोष्टमा इटालीको ६ गोल


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–युरो २०२०को छनानेटका सुरुवाती २ खेलमा इटालीले लगातार दोस्रो जीत हात पारेको छ । मंगलबार राति भएको दोस्रो छनोट खेलमा समूह ‘जे’ मा रहेको इटालीले लिक्टेनस्टाइनको गोल पोष्टमा ६ गोल गर्दै शानदार जीत हासिल गरेको छ ।

लिक्टेनस्टाइनलाई ६—० गोल अन्तरले पराजित गर्ने क्रममा इटालीका ५ जना खेलाडीले गोल गरे । खेलको १७ औं मिनेटमा स्टेभानो सेन्सीले गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि ३२ औं मिनेटमा मार्को भेराट्टीले गोल गर्दै दोहोरो अग्रता बनाएका थिए ।

यस्तै, ३५ र ४५ औं मिनेटमा लिक्टेनस्टाइनका खेलाडीले इटालीका खेलाडीमाथि फाउनल गरेपछि लगातार दुई पेनाल्टी पाएको थियो । दुवै पेनाल्टी फवियो क्युआग्लीयोलाले गोल गर्दै टिमलाई पहिलो हाफमा ४—० गोलको फराकिलो अन्तर दिलाएका थिए ।

यस्तै, खेलको ६९ औं मिनेटमा मोइस केन र ७६ औं मिनेटमा लियोनार्दौ पाभालेटीले गोल गर्दै टिमलाई ६—० को शानदार जीत दिलाए ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १० : ४५ बजे

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज