अध्ययनका लागि ७३ देश पुग्छन् नेपाली विद्यार्थी, दैनिक ३ सय बाहिरिँदै | Khabarhub Khabarhub

अध्ययनका लागि ७३ देश पुग्छन् नेपाली विद्यार्थी, दैनिक ३ सय बाहिरिँदै


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या वार्षिक रुपमा बढ्दो छ । सरकारको पछिल्लो ८ वर्षको तथ्यांक हेर्ने हो भने विदेश अध्ययनका गर्ने जाने नेपाली विद्यार्थीको संख्या बढिरहेको छ । चालू आर्थिक वर्षको ८ महिनामा मात्र अध्ययनका लागि ४३ हजार ५ सय ७१ जना विद्यार्थीले विदेशमा अध्ययनमा जान शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ (एनओसी)’ लिएका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक शिक्षा अनुमति शाखाले जानकारी दिएको छ ।

‘एनओसी’ लिनेमध्ये ९० प्रतिशत विद्यार्थीले सम्बन्धित देशका कलेजबाट भिसा प्राप्त गर्ने गरेको शाखाले जनाएको छ । यसरी सरकारसँग ‘एनओसी’ लिएका विद्यार्थी अध्ययनका लागि ७३ वटा देश पुग्ने गरेका छन् ।

गत ८ महिनामा अध्ययनका लागि अष्ट्रेलिया जान एनओसी लिने नेपाली विद्यार्थीको संख्या धेरै रहेका शाखाले जनाएको छ । यो अवधिमा २७ हजार ५३ जनाले ‘एनओसी’ लिएका छन् । अष्ट्रेलियापछि नेपाली विद्यार्थीको रोजाइमा जापान देखिन्छ । पछिल्लो ८ महिनामा जापानमा अध्ययनका लागि ४ हजार ३ सय ९४ जनाले विद्यार्थीले ‘एनओसी’ लिएको शाखाको तंथ्याकमा उल्लेख गरिएको छ ।

विगत ८ वर्षमा अध्ययनका लागि सरकारसँग अनुमति लिएर २ लाख ९० हजार विद्यार्थी विभिन्न देशका विश्वविद्यालयमा पुगेका छन् । यो अवधिमा अध्ययन गर्न विदेश जाने विद्यार्थीको संख्या ५ गुणाले वृद्धि भएको छ ।

अध्ययनसँगै रोजगारी पनि पाइने भएकाले नेपाली विद्यार्थी अध्ययनका लागि विदेशी क्रम बढदै गएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक शिक्षा अनुमति शाखा प्रमुख देवीप्रसाद पौडलेले जानकारी दिए । ‘रोजगारीमा जस्तै अध्ययनमा जाने नेपाली विद्यार्थी संख्या पनि बढ्दो छ । विदेशमा अध्ययन सकिएपछि राम्रो रोजगार र कमाइ हुन्छ भने नेपाली विद्यार्थीको मान्यता छ । जसका कारण विदेशी शिक्षाको मोह बढ्दो छ’ उनले भने ।

नेपाली विद्यार्थीहरु मेडिसिन, इञ्जिनियरिङ, चार्टर्ड एकाउन्टेन्सी, पाइलटिङ लगायतका बिषय अध्ययनका लागि अष्ट्रेलिया, जापान, क्यानडा लगायतका देशमा बढी जाने गरेका छन् । विकसित देशमा उच्च शिक्षा लिएपछि अन्तराष्ट्रिय श्रम बजारमा अवसर सहज हुने भएकैले नेपाली विद्यार्थी विदेश गइरहेको उनको भनाइ छ ।

आर्थिक वर्ष २०६८/६९ मा १० हजार ३ सय २४ जनाले विदेशमा अध्ययन गर्न अनुमति लिएका थिए । सो संख्या बढेर गत आर्थिक वर्ष २०७५/७६ को फागुन मसान्तसम्म आइपुग्दा २ लाख ९० हजार ७ सय ५८ जना पुगेको मन्त्रालयको तंथ्याकमा उल्लेख छ । शिक्षा मन्त्रालयको पछिल्लो ४ वर्षको तथ्यांक हेर्ने हो भने अध्ययनका लागि विदेशीएका विद्यार्थीका तंथ्याक औषतमा ३ सय विद्यार्थी विदेशीने गरेका छन् ।

विद्यार्थीको रोजाइमा अष्ट्रेलियापछि जापान

नेपाली विद्यार्थीको पहिलो रोजाइमा अष्ट्रेलिया पदै आएको छ । ८ वर्षमा करिब ४२ प्रतिशत विद्यार्थी अष्ट्रेलिया अध्ययनका लागि पुगेको शाखाको तंथ्याकमा उल्लेख छ । अष्ट्रेलियापछि नेपाली विद्यार्थीको रोजाइमा जापान पर्दै आएको छ । यो अवधिमा करिब ७७ हजार विद्यार्थी अष्ट्रेलिया गएको शाखाको तथ्यांकमा उल्लेख छ । विगत ८ वर्षमा करिब ६० हजार विद्यार्थी अध्ययनका लागि जापान पुगेका छन् ।

गत आर्थिक वर्षमा अष्ट्रेलियापछि जापानमा सबैभन्दा बढी विद्यार्थी गएका छन् । गत आर्थिक वर्षमा ३४ हजार २ सय १२ विद्यार्थीले अष्ट्रेलिया जान मन्त्रालयबाट अनुमति लिएका थिए भने जापानका लागि १७ हजार ३ सय ६७ जना विद्यार्थीले अनुमति लिएको शाखाको तंथ्याकमा उल्लेख छ ।

पछिल्लो समय राम्रो आम्दानी पनि गर्न सकिने र भिसा पनि सहज भएका कारण अष्ट्रेलिया जान नसकेका धेरै विद्यार्थी जापान जान रुचाउने गरेको वैदेशिक शिक्षाका परामर्श केन्द्रको भनाइ छ ।

गत आर्थिक वर्षमा १ हजार ९ सय जना विद्यार्थीले भारतका लागि अनुमति लिएका थिए । तर, भारतमा जाने सबै विद्यार्थीले अनुमति लिने गरेका छैनन् । भारतका हकमा मेडिकल पढ्न जाने विद्यार्थीले छात्रवृत्तिका लागि मात्र अनुमति लिने गरेका छन् । भारतमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको संख्या ठुलै रहेको सरकारी अनुमान छ ।

अध्ययनका लागि अनुमति लिएर चीन जाने विद्यार्थीको संख्या पनि बढ्दो छ । यसैगरी सरकारसँग अनुमति लिएर पोल्यान्ड, दक्षिण कोरिया, क्यानडा, न्युजिल्याण्ड, साइप्रस, जर्मनी र फ्रान्सलगायतका देशमा नेपाली विद्यार्थी जाने गरेका छन्।

नेपाली विद्यार्थी ७३ देश पुग्छन्

नेपाल सरकारसँग अनुमति लिएर ७३ देशका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थी अध्ययनमा जाने गरेका छन् । नेपाली विद्यार्थी जापान,अष्ट्रेलिया, क्यानडा, अमेरिका, भारत, बंगलादेश, स्वीडेन, इस्टोनिया, दक्षिण कोरिया, लाट्भिया, जर्जिया, नेदरल्यान्ड, लक्जम्र्ब, इटाली, ओमान, आयरल्याण्ड, स्लोभानिया, कतार, पाकिस्तान, साउथ अफ्रिकालगायतका ७३ मुलुकमा अध्यननका लागि नेपाली विद्यार्थी आवेदन गरेका छन् ।

यस्तै यूएई, मोरिसस, माल्टा, थाइल्याण्ड, हंगेरी, डेनमार्क, चेक रिपब्लिक, मलेसिया, फिनल्याण्ड, रसिया, फिलिपिन्स, स्पेन, नर्बे र बहराइनलयागतका देशमा पनि अध्ययनका लागि जाने विद्यार्थीको संख्या पनि उल्लखिय नै रहेको शाखाले जनाएको छ ।

यसैगरी किर्गिस्तान, बेल्जियम, स्वीट्जरल्यान्ड, सिंगापुर, टर्की, साउदी अरब, लिथेयोनिया, इजिप्ट, उत्तर कोरिया, हङकङ, अष्ट्रिया, पोर्चुगल, अमानिया, श्रीलंका, रुस, ग्रीस, इजरायल, क्राएसिया, इन्डोनेसिया, बोस्निया हर्जगोभिना, ताइवान, टर्की र माल्दिभ्स लगायतका मुलुकमा पनि नेपाली विद्यार्थी जान सुरु गरेको सरकारको तंथ्याकमा उल्लेख छ ।

यस्तै  युक्रेन, रोमानिया, बु्रनाइ, भियतनाम, स्कटल्यान्ड अध्ययनका लागि नेपाली विद्यार्थी जान गरेको शाखाले जनाएको छ । गएको केही वर्षयता नेपाली विद्यार्थीको रोजगारीमा नयाँ देश पर्ने थालेको शाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ८ : ४६ बजे

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट