व्यवसाय श्रीवृद्धिका लागि अपनाउनुस् श्रीमद्भागवत गीतामा उल्लेख यी पाँच सूत्र ! | Khabarhub Khabarhub

व्यवसाय श्रीवृद्धिका लागि अपनाउनुस् श्रीमद्भागवत गीतामा उल्लेख यी पाँच सूत्र !


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीमद्भागवत गीतामा मानिसको जीवनलाई अगाडि बढ्न तथा सफलता हात पार्नका लागि निकै उपयोगी श्लोकहरु छन् ।

जस्तो कि कर्म गर फलको आशा नगर, भूत भनेको बितिसक्यो त्यसका लागि व्यर्थमा नरोऊ, भविष्य भनेको अन्धकार छ त्यसको लागि चिन्ता नगर, जे छ वर्तमानमा छ त्यसमा तिमी रमाउने कोसिस गर । मननयोग्य पाँच श्लोक र अर्थ-

कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन
का कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।। २–४७

‘कर्म’का बारेमा धेरै कुराहरु गरिएका छन् र सुनिएका छन् । तर यसको मुख्य विषय भनेको यी दुई लाईनमा अडिएको छ । हरेक मानिसले आफ्नो कर्ममा केन्द्रित हुनुपर्छ जस्तो कि कुनै पनि कुराको नतिजामा केन्द्रित नभई कर्म गर्ने ।

अन्तिम नतिजामा आफूलाई केन्द्रित गर्नुभन्दा त्यहाँ पुग्ने प्रक्रियामा रमाउन सक्यौं भने नै हामी अगाडि बढ्न सक्छौं । जब हामी अन्तिम नतिजा यस्तो होला उस्तो होला भनेर सोच्ने गर्छौं तर हामीले कामको सुरुवातबाट त्यहाँ नपुगिन्जेलको रमाइलो नै बिर्सन्छौं ।

हामीले बुझ्नुपर्छ कि आशाहरु राख्नु र सकारात्मक हुनु गलत कुरा हैन तर बिना कर्म हाम्रो बाटो अत्यन्त कठिन हुन्छ, हामी त्यहाँ पुग्न सक्दैनौं । कुनै पनि कुराको सुन्दरता भनेको कडा बाटोमा हिंडनु र त्यसरी हिंड्दा रमाउनुमा नै लुकेको हुन्छ ।

यदि कुनै पनि व्यक्ति त्यो बाटो हिंड्दा धेरै रमायो या धेरै डरायो भने ऊ लड्ने सम्भावना हुन्छ ।

वासांसि जीर्णानि यथा विहाय
नवानि गृह्णति नरोऽपराणि।
तथा शरीराणि विहाय जीर्ण–
न्यन्यानि संयाति नवानि देही ।।२२।।

यस श्लोकले भन्न खोजेको के हो भने– जे पनि भन्न सजिलो छ कि विविधता र ग्रहण गर्ने क्षमता नै सफलताको साँचो हुन् । तर कुनै पनि व्यवसायीका लागि सबैभन्दा ठूलो शिक्षा भनेको छिटो परिवतर्नलाई ग्रहण गर्न सक्नु नै हो ।

आफ्नो पहिलो सोचाई या विचारमा नै अडिग नरहनुहोस् । ग्रहण गर्ने क्षमताको विकास गर्नुहोस्, खोज्नुहोस् र नयाँ नयाँ अवसरलाई आउन दिनुहोस् । आफ्नो व्यवसायिक यात्रालाई एउटा यात्रुको जस्तो अगाडि बढाउनुहोस्, जो कुनै शहर हेर्नका लागि वा कुनै रमाइलो ठाउँ हेर्नका लागि यात्रा गर्दै मात्र रमाउनका लागि र अनुभव बटुल्नका लागि यात्रा गर्ने गर्छन् ।

आफ्नो विचारलाई खुला राख्नुहोस् । याद राख्नुहोस्, परिवर्तन मात्र एउटा यस्तो चिज हो जुन सधैं उस्तै रहन्छ, अर्थात् परिवर्तन नै भइरहन्छ ।

क्रोधाद्भवति संमोह: संमोहात्स्मृतिविभ्रम:।
स्मृतिभ्रंशाद्बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति॥

हरेक व्यवसायीका लागि आफ्नो क्रोधमाथि नियन्त्रण राख्नु अति नै आवश्यक हुन्छ । रीससँगै हाम्रो सोच्न सक्ने क्षमतामा ह्रास आउँछ र हामी द्विविधामा पर्ने सम्भावना बढ्छ ।

जब क्रोधमा हुन्छौं हामी तब दोधारेपन आउँछ र दोराधेपनले सृजना गरेको तनावले हाम्रो सोच्न सक्ने क्षमतामा कमी ल्याउँछ । यस्तो अवस्थामा हामी आफ्नो गोल र उद्देश्यबाट वञ्चित हुन पुग्छौं । कुनै पनि मानिसले जसले आफ्नो गोल या उद्देश्य बिर्सन्छ ऊ जीवनमा भौतारिन पुग्छ र उनीहरुले सफलता पाउन सक्दैनन् ।

यसकारण, मानिसहरुले आफूलाई रीसबाट टाढा राख्न जरुरी हुन्छ । यसको सामान्य समाधान भनेकै केन्द्रित रहनु नै हो । कहिल्यै पनि आफ्नो गोलबाट आफ्नो ध्यान नहटाउनुहोस् र धैर्य गर्ने क्षमतालाई नजरअन्दाज नगर्नुहोस् ।

तस्मादसक्तः सतर्त कार्यं कर्म समाचर ।
असक्तो ह्याचरन्कर्म परमाप्नोति पुरुषः ।।

हरेक कुराप्रति उदार र खुल्ला विचार राख्ने बानीको विकास गर्नुपर्छ र साथै कुनैपनि कुरासँग धेरै जोडिनु पनि हुँदैन । कुनै पनि कुरासँग धेरै जोडिँदा त्यसले हामीलाई काम गर्ने शक्ति र माया त दिन्छ तर त्यसले हाम्रो परिधिलाई पनि संकुचित बनाइदिन्छ ।

धेरै चाहना र लगावले लोभलाई जन्म दिन्छ । लोभले आफ्नो सही सपना र गोलबाट टाढा लैजान्छ । त्यसैले आफ्नो कामसँग पनि अत्यधिक लगाव राख्नु हुँदैन, यसले तपाईको व्यवसायिक यात्रालाई कष्टकर र छिटै नै बन्द गराउन सक्छ ।

बजारमा के भइरहेकोछ भन्ने कुरालाई लिएर सधैं खुला विचार र धारणा राख्नुपर्छ । आफ्नो गोलप्रति दृष्टि लगाइ राख्नुहोस् तर त्यसका लागि मरिहत्ते पनि नगर्नुहोस् ।

धूमेनव्रियते वह्निर्यथादर्शो मलेन च ।
यथोल्बेनार्वतो गर्भस्तथा तेनेदमावृत्तम् ।।

यो एउटा सामान्य श्लोक हो जसमा एकदमै गहिरो अर्थ लुकेको छ । यो एक प्रकारको श्राप जस्तो पनि हो जस्तो कि कुनै पनि लुकेको कुरा दृष्टिभ्रम गर्ने खालको हुन्छ ।

उदारहणका लागि, आगो धुँवाबाट ढाकिएको हुन्छ, जसले हामीलाई त्यहाँ नजिक पुग्नबाट रोकिरहेको हुन्छ, हामी त्यसलाई नहटाई त्यो भित्र के लुकेको छ देख्न सक्दैनौं । त्यसै गरी ज्ञान पनि इच्छाभित्र लुकेको हुन्छ, त्यो इच्छालाई हामीले नदेखेको जस्तो गर्नुपर्छ कि त त्यसलाई त्याग्नुपर्छ ।

हामीले इच्छा र लोभहरुको पर्दालाई वेवासता गरेपछि पाउनेले ज्ञानले मात्र हामीलाई अगाडि बढ्न मद्दत गर्छ । यो पक्कै पनि सजिलो छैन तर ज्ञानी मान्छेले सजिलै के कुरा ग्रहण गर्ने र के कुरालाई छोड्ने भन्ने कुरा जानेको हुन्छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ७ : ४० बजे

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट

सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ