निर्वाचन सामग्रीसहित कर्मचारी मतदानस्थल पुगे | Khabarhub Khabarhub

निर्वाचन सामग्रीसहित कर्मचारी मतदानस्थल पुगे


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ–जिल्ला निर्वाचन कार्यालय दाङले मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्रीसहित कर्मचारी मतदानस्थलमा पठाएको छ ।

निर्वाचनका लागि आवश्यक पर्ने सामग्री प्रदान गरेर बिदाइ गरिएको हो । आज नै कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेका छन् । कर्मचारी तथा सुरक्षाकर्मीलाई मतपेटिका, मतपत्र, आवयश्क पर्ने अन्य सामग्री प्रदान गरेर पठाइएको जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

जिल्लामा हुने उपनिर्वाचनमा ३४ मतदानस्थल र ८२ मतदान केन्द्र छन् । प्रत्येक मतदान केन्द्रमा पाँच जना कर्मचारी र स्वयंसेवक रहने भएको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा दुई स्थानमा उपनिर्वाचन हुँदैछ । प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं ३ (ख) मा उपनिर्वाचन हुँदैछ भने घोराही उपमहानगरपालिकाको वडा नं १६ मा उपनिर्वाचन हुँदैछ ।

मङ्सिर १४ गते हुने निर्वाचनमा ७३ हजार १७२ जना मतदाता छन् । महिला ३७ हजार ३०५, पुरुष ३५ हजार ८६६ तथा एक जना तेस्रो लिङ्गी रहेको निर्वाचन कार्यालयले जनाएको छ । घोराही उपमहानगरपालिकाको वडा नं १६ मा चार हजार ४५३ जना मतदाता छन् ।

प्रदेशसभा निर्वाचनअन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं १, २, १०, ११ मा १६ हजार ७१ मतदाता रहेका छन् । त्यस्तै दङ्गीशरण गाउँपालिकामा १५ हजार ६९६, बबई गाउँपालिकामा १८ हजार ८४९ र शान्ति नगरगाउँपालिकामा १८ हजार १३ मतदाता छन् ।

उपनिर्वाचन हुने क्षेत्रका छ मतदान केन्द्र अति संवेदनशीलमा राखिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन क्षेत्र ३ ‘ख’ का छ वटा मतदान केन्द्र सुरक्षा दृष्टिले अति संवेदनशीलमा राखेको हो । जिल्लाका ३४ मतदान केन्द्रमध्ये छ वटा केन्द्र सुरक्षाका दृष्टिले अतिसंवेदनशील रहेको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १० : ३० बजे

२९औँ वन्यजन्तु सप्ताहमा बूढीराप्ती सरसफाइ

चितवन– चितवनमा जारी २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी

जलवायु परिवर्तनमा नेपालकाे योगदान छैन : अर्थमन्त्री

वासिङ्टन– अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज