नेपाली महिला भलिबल टोलीद्वारा बंगलादेश सोझो सेटमा पराजित | Khabarhub Khabarhub

नेपाली महिला भलिबल टोलीद्वारा बंगलादेश सोझो सेटमा पराजित


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत महिला भलिबलमा नेपाली टोलीले शुखद् शुरवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा नेपालले पाहुना टोली बंगलादेशी टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्यो।

घरेलु मैदानमा भएको खेलमा नेपाली चेलीहरुले उत्कृष्ट खेल्दै सागमा राम्रो संकेत देखाइन् ।

नेपाली टोलीका लागि कप्तान अरुणा शाही, स्पाइकर प्रतिभा माली लगायतका खेलाडीले उत्कृष्ट प्रदर्शन विपक्षीसामू देखाए।

जसमा नेपालले पहिलो सेटमा बंगलादेशी टोलीलाई २५-९ को स्कोरमा रोकेको थियो।

दर्शकको साथ पाएको नेपालले दोस्रो सेटमा २५-९ को स्कोरमा पाहुनालाई स्तब्ध पारेको थियो।

सागको औं पचारीक उद्घाटन भने मंसिर १५ गते दशरथ रंगशालामा हुनेछ।

बंगलादेश र नेपालबीचको अन्तिम सेट भने केही प्रतिस्पर्धात्मक बनेको थियो।

जसमा बंगलादेश र नेपाल ९ स्कोरसम्म अगाडि पछाडि भइरहेका थिए। तर, नेपालले बंगलादेशलाई ९ मा रोक्दै नेपाल अगाडि बढेको थियो।

उद्घाटन अगाडि नै भएको खेलमा जीत निकालेको नेपालले अन्तिम तथा निर्णायक सेटमा बंगलादेशको महिला टोलीलाई २५-११ को स्कोरमा पराजित गरेको थियो।

बंगलादेशविरूद्व नेपालका उषा भणडारी र हिरा बिष्टले डेब्यु गरे ।

महिला टोलीको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले म्याच अफिसियललाई बल हस्तान्तरण गर्दै गरेका थिए।

जीत हात पारेको नेपालले भोलि बिहीबार ५ बजे भारतीय टोलीसँग खेल्नेछ।

यस्तै दोस्रो खेलमा श्रीलंका र पाकिस्तान खेल्नेछन्।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ४ : ४२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०