कानूनका विद्यार्थी ट्राफिक स्वयमसेवकका रुपमा सडकमा | Khabarhub Khabarhub

कानूनका विद्यार्थी ट्राफिक स्वयमसेवकका रुपमा सडकमा


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयंसेवकका रुपमा कानून संकायका साढे तीन सयभन्दा बढी विद्यार्थीहरुलाई परिचालन गरेको छ ।

ट्राफिक व्यवस्थापनमा सुधार तथा नागरिकसम्म ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने जनचेतना जगाउन कानूनका विद्यार्थीलाई परिचालन गरेको महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालका अनुसार गत आइतवारदेखि युवाहरु सडकमा परिचालन भएका छन् । उनीहरुले एकसाता अथार्त् आगमी आइतवारसम्म सडकमा नागरिकलाई चेतना दिने काम गर्ने छन् ।

मी आइतबारदेखि एक सातासम्म चल्ने दोस्रो चरणको अभियानमा काठमाडौं स्कुल अफ ल, चक्रवर्ति अवि एजुकेशन एकेडेमी र नेशनल ल कलेजका विद्यार्थीहरुलाई परिचालन गरिएको उनले जानकारी दिए ।

अभियानमा ३ सय ५५ जना युवा ट्राफिक स्वयंसेवकहरु परिचालित भएका छन् ।

‘अहिले परिचालित भएका युवाहरुले विशेषगरी सर्वसाधरणलाई ट्राफिक नियम सिकाउनेछन्’ उनले भने, ‘पिक एण्ड ड्रप, जेब्रा क्रसिङ साथै कस्ता स्थानबाट बाटो काट्ने भन्ने कुरासमेत सिकाइरहेका छन् ।’

ट्राफिक प्रहरीले गत असोज ५ गते पहिलो चरण अन्तर्गत पाँच सय जना युवा ट्राफिक स्वयंसेवकहरु परिचालन गरी ट्राफिक व्यवस्थापन सम्बन्धी एक साता लामो अभियान सञ्चालन गरेको थियो भने यो दोस्रो अभियान हो ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ४ : ४५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको