के हो पाइल्स रोग ? यसरी हुन्छ उपचार | Khabarhub Khabarhub

के हो पाइल्स रोग ? यसरी हुन्छ उपचार


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्वस्थ खानपानका कारण लाग्ने पाइल्स रोग अहिले आम नेपालीको समस्याका रुपमा देखा पर्न थालेको छ ।

शुरुमा रोगको पहिचान नहुनु र थाहा पाएपछि पनि लाजका कारण उपचारमा ढिलाई हुने समस्याले पाइल्सको समस्या दिनप्रतिदिन बढ्दो छ।

मलद्वार र मलाशयका भित्ताहरुमा रहेको रक्तनली सुन्निने र त्यसबाट उत्पन्न हुने विभिन्न समस्या नै पायल्स हो । सुरुवाती चरणमा खानपान र जीवनशैली बदलेर यसबाट छुटकारा पाउन सकिन्छ ।

जटिल अवस्थामा भने शल्याक्रिया गर्नुपर्ने समेत हुनसक्छ । योग, आर्युवेद क्षारसुत्रलगायतका उपचार विधीबाट पनि यसको निदान खोज्न सकिन्छ ।

पाइल्स रोगका लक्षण

पाइल्सको लक्षण मलद्वार र मलासयसँग हुने भएकाले दिसा गर्दाका बेला हुने समस्या नै यसका लक्षण हुन् ।

पाइल्स भएमा दिसा गर्न गाह्रो हुने, दिसा गर्दा रगत आउने, मलद्वारबाट मासुको डल्ला बाहिर निस्कने आदि समस्या हुन्छन् ।

विशेषगरी, कार्यव्यस्तताका साथै विभिन्न कारणले लामो समयसम्म दिसा रोक्ने, लामो समयसम्म दिसा बस्ने तथा दिसा कब्जियत हुने कारणले गर्दा नै यो रोग लाग्ने गर्दछ ।

बुझ्दा सामान्य रूपमा बुझिने पाइल्सका चार चरण हुन्छन् । पाइल्स भएका बिरामीले दिसा सजिलै खुलाउने खालका खानेकुरा खाने, दिसा रोकेर नबस्ने, गरम मसला, मरिच र पिरो खानेकुरा नखाने, माछामासु कम खाने, हरियो सागपात, फलफूल दैनिकजसो खाने, दिनमा ३ देखि ५ लिटरसम्म पानी पिउने गर्नु लाभदायक हुन्छ ।

पहिलो चरण

यस अवस्थामा दिसा गर्दा मासुको डल्ला बाहिर आउँदैन । तर रगत बग्ने र दुखाइ भने हुने गर्दछ । यस अवस्थामा रहेको पाइल्सलाई औषधिको प्रयोगबाट निको पार्न सकिन्छ ।

दोस्रो चरण

यो अवस्थामा दिसा गर्दा मासुको डल्ला बाहिर आउँछ र दिसा गरिसकेपछि आफैँ भित्र जान्छ । यसका साथै दुख्ने अनि रगत आउनेसमेत हुन्छ । यो अवस्थासम्म पनि लामो समयसम्म औषधि सेवन गरी निको पार्न सकिन्छ ।

तेस्रो चरण

यस चरणमा दिसा गर्दा मासुको डल्ला बाहिर आउँछ र आफैँ भित्र नगई औँलाले धकेलेर भित्र पठाउनुपर्ने हुन्छ ।

यसका साथै बढी मात्रामा दुख्ने अनि रगत बग्ने हुन्छ । यस अवस्थासम्म आइपुगेको पाइल्स औषधिले निको नहुने भएकाले क्षारसूत्र विधिबाट नै उपचार गर्नुपर्ने हुन्छ ।

चौथो चरण

यस चरणमा मासुको डल्ला बाहिर नै बसिरहन्छ साथै अत्यधिक दुखाइ र रगत बग्ने हुन्छ । समयमै उपचार नगर्दा मासुको डल्ला कुहिन थाल्दछ र संक्रमण सम्पूर्ण शरीरमा फैलिएर मान्छेको मृत्यु पनि हुन्छ ।

यो रोग १ देखि २ प्रतिशतसम्म क्यान्सरमा परिणत हुने गरेको पाइएको छ । यो रोगका संक्रमितको अप्रेसन गरेका बिरामीमा ३० देखि ४० प्रतिशतसम्म दोहोरिएको पाइएको छ । तर, क्षारसूत्र विधिबाट उपचार गरेका बिरामीमा भने १ प्रतिशतभन्दा पनि कममा मात्र दोहोरिने देखिएको छ । समयमै उपचार गरेमा यो रोगबाट सजिलै मुक्त हुन सकिन्छ ।

यो रोग औषधिले निको हुँदैन । यसलाई क्षारसूत्र विधिबाट उपचार गर्दा दोहोरिने सम्भावना कम हुने गरेको यस विधिबाट उपचार गर्दै आएका चिकित्सकहरु बताउँछन् ।

पाइल्स रोगबाट बच्न उपाय

पाइल्स भएका बिरामीले सबैभन्दा धेरै पानी पिउन आवश्यक छ । त्यस्तै दिसा सजिलै खुलाउने खालका खानेकुरा खाने, दिसा रोकेर नबस्ने, गरम मसला, मरिच र पिरो खानेकुरा नखान चिकित्सकले सुझाव दिने गर्दछन् ।

त्यस्तै माछामासु कम खाने, दिनहुँ हरियो सागपात र फलफूल खान डाक्टरले सुझाउने गर्दछन् । दैनिक ३ देखि ५ लिटरसम्म पानी पिउनु उपयुक्त हुने गर्दछ ।

पाइल्स रोग लागेका बिरामीले कसरतमा पनि विषेश ध्यान दिनुपर्छ । दैनिक कसरत गर्दा पसिना आएर रोगबाट बच्न सकिन्छ ।

क्षार सुत्रविधिबाट पायल्सको उपचार

पछिल्लो समय आयुर्वेदविधिबाट औषधी गर्ने बिरामीको संख्या बढ्दो छ । नरदेवी आयुर्वेद चिकित्सालयमा पाइल्स, फिस्टुला, फिसरजस्तो रोगको उपचार गर्ने बिरामीको संख्या बढ्दो छ ।

आयुर्वेद क्षेत्रको पहिलो तथा केन्द्रीय नरदेवी आयुर्वेद प्रभावकारी मानिएको क्षारसुत्र विधिमा लोकप्रियता समेत बढ्न थालेको छ । मानिसमा रोग बढदै गएपछि आयुर्वेदविधिमार्फत उपचार गराउन थालेका छन् ।

विगत केही वर्षयता आयुर्वेद उपचारमा बिरामीले विश्वास पनि गर्ने थालेको पाइन्छ ।

गएको केही वर्षयता आयुर्वेदविधिबाट उपचार गराउन बिरामीको संख्या बढदै गएको नरदेवी चिकित्सालयमा कार्यरत शल्य विशेषज्ञ डा.रमेश पौडेलले बताएका छन् ।

हाल क्षारसुत्र विधिमार्फत उपचार ३ देखि ४ हजार खर्च लाग्छ गरेको डा.पौडेले बताए ।

‘कम खर्चमा राम्रो उपचार हुने भएकाले बिरामीको चाप बढेको हो । चिकित्सालयमा उपचार गराउन दैनिक ३ सय जना भन्दा धेरै विरामी आउने गरेका छन् । पाइल्सका रोगी मात्र होइन अन्य बिरामीलाई आयुर्वेद विधिबाट उपचार हुन्छ,’ उनले भने, ‘पाइल्सका बिरामी दैनिक ४० देखि ५० जना आउने गरेक छन् । सरल र सहज तरिकाले उपचार हुने भएकाले नरदेवी आयुर्वेदमा बिरामीको चाप बढेको हो।’

क्षारसुत्र विधिमार्फत उपचार प्रभावकारी बनाउन र कम पैसामा सहज तयारिकाले उपचार हुने भएकाले विरामीको चाप पनि बढेको उनको भनाइ छ ।

पाइल्सको उपचार पनि क्षारसुत्र विधिबाट गर्दा प्रभावकारी हुने डा.पौडेल बताउँछन् ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १२ : ५५ बजे

गोरखा भूकम्पको ९ वर्ष : बारपाककाे फेरियो स्वरूप (तस्बिरहरु)

गोरखा– २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन