प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, कुराकानी गर्न थाले | Khabarhub Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, कुराकानी गर्न थाले


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्था सुधारउन्मुख रहेको अस्पतालले जनाएको छ ।

मंगलबार एपेन्डिसाइटिसको शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

प्रधामन्त्रीको स्वास्थ्यमा सुधार आएसँगै भेटिन्टलेटर हटाइएको छ । उनी अहिले आइसियुमै उपचारत छन् । प्रधानमन्त्री ओली उपचारमा संलग्न चिकित्सकसँग कुरा गर्न सक्ने भएका छन् ।

“प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आई मिति २०७६ मंसिर १० गते मंगलबार विहान यस सेन्टरमा आउनुभएको र विशेषज्ञ चिकित्सकहरुबाट शल्यक्रिया पश्चात हाल सघन उपचारको  सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको छ ।’ अस्पतालले साढे १० बजे जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सम्माननीयज्यूको स्वास्थ्यमा निरन्तर र सुधार भइरहेको र उहाँ अहिले राम्रोसँग कुराकानी गर्न सक्ने अवस्थामा भएको व्यहोरा अस्पतालले जानकारी गराएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ११ : २२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन