यौन सम्बन्ध राख्नु अघि थाहा पाउनुपर्ने ६ यथार्थ | Khabarhub Khabarhub

यौन सम्बन्ध राख्नु अघि थाहा पाउनुपर्ने ६ यथार्थ


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै महिला तथा पुरुषहरु यौन सम्बन्धलाई सामान्य रुपमा लिन्छन् । यौन सम्पर्क र त्यसबाट हुनसक्ने रोगको जोखिमबारे वास्ता गर्दैनन् ।

आफुले चिनीरहेको, आफ्नो नजिक रहेको सबै बानीहरुमा जानकार रहेको भन्दै उनीहरु यौन सम्बन्धको विषयमा धेरै कुरा सोच्दैनन् ।

एकअर्काप्रतिको आकर्षण र विश्वासलाई मात्र आधार बनाएर युवायुवतीहरु यौन सम्बन्ध बनाउँछन् । जसको कारण उनीहरु यौनजन्य रोगको सिकार बन्न पुग्छन् ।

आज हामी तपाईलाई यौन रोगबारे विस्वास नै गर्न नसकीने तर सत्य कुरा जानकारी गराउँदै छौं ।

यौन सम्बन्ध राख्नु अघि थाहा पाउनुपर्ने ६ यथार्थ

–पहिलो यौन सम्पर्कबाट पनि यौन रोग सर्न सक्छ,

–आफ्नैले चिनीरहेको साथीसँगको यौन सम्पर्कबाट पनि यौन रोग सर्न सक्छ,

–कसैको अनुहार हेरेर यौन रोग रहे नरहेको अनुमान गर्न सकिदैन,

–एकजना व्यक्तिलाई एक पटकको यौन सम्पर्कमा पनि धेरै किसिमको यौन रोग लाग्ने सम्भावना रहन्छ,

–एकै व्यक्तिलाई धेरै पटक यौन रोग लाग्न सक्छ,

–यौनाङ्ग र मुखको सम्पर्क भएमा यौन रोगको जोखिम उच्च हुन्छ ।

यौन सम्पर्कको माध्यमबाट एकअर्कामा यौनरोगहरु सर्न सक्ने भएकाले युवा युवातीहरुले यौन सम्बन्ध राख्नु अघि यी विषयमा सचेत हुनुपर्छ ।

आफुमा वा आफ्नो पार्टनरमा यौन रोग छ वा छैन भनेर चिकित्सकको सल्लाहर परामर्श लिएर परीक्षण गर्दा यौन रोगको उपचार हुन्छ । यस्तै एकआर्कामा यौन रोग सर्ने जोखिम पनि रहदैन ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ८ : ०८ बजे

एप्पललाई उछिन्दै पहिलो स्थानमा सामसुङ 

काठमाडौं– विश्व स्मार्टफोन बजारमा एप्पललाई उछिन्दै सामसुङ स्माटफोन सेल्समा अगाडि

मार्ग प्रशस्त गर्न कोशीका मुख्यमन्त्रीलाई एमालेको आग्रह

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न

गठबन्धनबाट सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीको दाबी पेस 

काठमाडौं– नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा

काठमाडौंमा कक्षा १२ को परीक्षा केन्द्र स्वचालित विधिबाट तोकियो

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि काठमाडौँ जिल्लाका

गठबन्धनमा गडबड : कांग्रेस भन्छ- नयाँ खबर सुन्न पाइन्छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सत्ता गठबन्धनमा हलचल