हाइटी भूकम्प : आश मरे पनि हिम्मत हारिनँ | Khabarhub Khabarhub

हाइटी भूकम्प : आश मरे पनि हिम्मत हारिनँ



मेरो जीवनमा भुइँचालोसँग नजिकको सम्बन्ध रहेको छ । नेपाली सेनाबाट एक वर्ष शान्ति सेनाको रुपमा म सन् २००९ को मे २० (वि.सं. २०६६) को दिन हाइटीको राजधानी प्रोटओप्रिन्स पुगेँ । फोर्स हेडक्वार्टरमा स्टाफ अफिसरको काम गरे पनि मलाई नेपालबाट ‘नेसनल कन्टिन्जेन्ट कमान्डर’ को नियूक्ति पनि दिइएको थियो ।

शान्ति सेनाको मिसनमा खट्टिने सर्व जेष्ठ अधिकृतलाई सो जिम्मेवारी दिइन्छ । त्यसबेला हाइटीमा हामी ११ सयभन्दा बढी नेपाली सेना थियौं । नेपाल प्रहरी र शसस्त्र प्रहरी पनि धेरै थिए । हाइटीमा प्रकृतिक श्रोतसाधन भएपनि मान्छेहरु अल्छी भएकाले धेरै गरिब छन् । अनि देशका धनाड्यहरु अमेरिकामा बस्छन् भने हाइटीको जमीन, धन र राजनीति तिनकै नियन्त्रणमा छ ।

त्यहाँ क्यूवाको कम्युनिजम नआवस् र जनता अमेरीका विरोधी नवनुन् भनेर नै अमेरीकी स्वार्थमा शान्ति सेनामार्फत नियन्त्रित राज्य सत्ता चलाइएको थियो ।

अन्यथा, साधारण जुलुस र चोरी व्यापार गरेकै भरमा शान्ति सेना तैथान गर्नु जरुरी देखिन्न । अर्को अर्थमा भन्नु पर्दा संसार भरी नै तैनाथ रहेका शान्ति सेनाहरु अमेरिका, बेलायत, फ्रान्स, रुस, चीन, जापान आदिकै स्वार्थमा निहीत छ र शान्तिको नाममा अर्को रुपबाट राजनीतिक गडबडी भएका देशहरुमा ति शक्ति देशहरुले नियन्त्रित शासन चलाइरहेका छन् ।

हाइटीमा सवै कुरो राम्रो थियो हाम्रो लागि । त्यति बेला त्यहाँ श्री शेर गण र श्री चन्दननाथ गण तैनाती थिए भने फोर्स हेड क्वार्टरमा (हेक्वा) नौ जना स्टाफ अफिसरहरु थियौं । चन्दननाथ गण राजधानी भन्दा धेरै टाढा र शेरगण राजधानीमै तैनाथ थियो । भुइँचाले आउने दिन अर्थात १२ जनवरी २०१० को दिन शेर गणको वार्षिकोत्सव भएकाले हाइटीमा रहेका नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायत अन्य आफूखुशी यूएनमा काम गर्ने सम्पूर्ण नेपालीलाई निम्ता थियो ।

मेरो बायाँ खुट्टो विक्षत भएर भाचिएकोले उठ्न सकिन । म अन्डरवेर बाहेक नाङ्गै थिए । परकम्पनहरु आइरहेका थिए । हामी बसेको घरहरु बलियो भएकोले भिरको छेउमा भए पनि भत्केनन् । घर भित्र जाने आँट कसैको भएन ।

त्यति खेर म नेसनल कन्टिन्जेन्ट कमान्डर थिइन । मभन्दा जेष्ठ अधिकृत आइसकेकाले नेपाली जंगी अड्डाले उनैलाई उक्त नियूक्ति दिएको थियो । उनी लगायत हामी ५ जना एउटै घरमा डेरा लिएर बसेका थियौं । दिनको ३ बजे तिरै वार्षिकोत्सवमा पुग्नु पर्नेमा म कामले गर्दा अफिस छोड्न सकिन । कन्टिन्जेन्ट कमान्डर चाहिँ गैसकेका थिए ।

फोर्स हेडक्वार्टर र शेरगण रहेको इलाका ड्राइभिङ दूरी ३० मिनेट जतिको थियो भने फोर्स हेडक्वार्टर र हाम्रो डेरा ४ मिनेटको ड्राइभिङ दूरीमा थियो । म अफिसबाट डेरा पुगें र जान तयारी हुनु अगाडी नुहाउन थाले । यति बेला पौने ५ बजेको थियो जस्तो लाग्छ । बाथरुममा छिरेर धारो खोल्नासाथ कानै फुट्ने आवाजले घर करायो । तत्कालै नुहाउने वेसीन, कम्बोट, ऐनाहरु उफ्रिन थाले । के भयो, म भूईमा पछारिए ।

म अन्डरवेरमा थिएँ र बाथरुम छेउको बरन्डामा गए र बाहिर हेरेको बाहीर त दिउँसै रात परेको देखें । केही सेकेन्डमै मेरो ढाडमा पछाडीको झ्यालले हानेर म बरन्डा बाट उछिच्टीएँ र एकतला माथिबाट तल जमीनमा बजारिएँ । यतिखेरसम्म के भैरहेको छ मलाई थाहा भएन । भूइँचालो आएको भन्ने त मेरो मन शंकामा नै थिएन । किनकि त्यहाँका जनताले हाइटीमा भुइँचालो आउँदैन भन्दथे । करिव २०० वर्षदेखि हाइटीमा भूकम्प आएको रहेनछ । त्यसैले त्यहाँका घर संरचनाहरु असाध्यै कमजोर थिए ।

तल जमिनमा लडेको अवस्थामा वरिपरिको घरहरु ढलेको देखँे । मान्छेहरु रोई कराई रहेका थिए । म उठ्नै सकिन । एकै छिनमा पेट मुनि आगोले झैं पोल्न थाल्यो । के रहेछ भनि सरेको त जमिन चिरिएर त्यहाबाट तातो बाफ निस्केर पोलेको रहेछ । हामी ५ जना २ वटा घरमा डेरामा बसेका थियौं । अर्को घरमा बसेका प्रमुख सेनानी दीपक कार्की र मेजर दिनेश रजौरे निस्के ।

अनि शेर गणबाट पट्रोल आइ पानी खान हाम्रो डेरामा छिरेका क्याप्टेन जनक सिलवाल र अरु ४–५ जना त्यहाँ रहेछन् । क्याप्टेनसाबले मलाई उठाउन लागे । मैले सोधे यो के भयो भनेर । उनले भूइचालो आएको भने पछि म तिन छक परें ।

अब मैले बुझें की मलाई पनि चुँडिन लागेको खुट्टा पोको पारेर मलाई भोलि फर्काउँछन् । संयुक्त राष्ट्र संघ जस्तो मानवीय संस्था त्यस्तो अपराधि होला भन्ने कस्ले पत्याउछ र ? शान्ति सैनिकको नाताले मेरो उपचार गर्ने हक छदैं थियो ।

मेरो बायाँ खुट्टो विक्षत भएर भाचिएकोले उठ्न सकिन । म अन्डरवेर बाहेक नाङ्गै थिए । परकम्पनहरु आइरहेका थिए । हामी बसेको घरहरु बलियो भएकोले भिरको छेउमा भए पनि भत्केनन् । घर भित्र जाने आँट कसैको भएन । तैपनि जनक भाइ बरन्डाबाट चढेर एउटा पाइन्ट र टिसर्ट अनि मेरो युएन परिचय पत्र निकाली दिए ।

विजुली, टेलिफोन, सवारी केही थिएन । अब मलाई उपचारको लागि फोर्स हे.क्वा.मा लग्न रेस्क्यू गर्न थालियो । त्यो पट्रोल टोली त्यहाँ आएर भुईंचालोले थुनिनु मेरो भाग्य रहेछ । घरवेटी पनि त्यक्तिकै सहयोगी थिए । छ जना जति भएर एउटा काठमा मन्डी बाँधेर मलाई बोकियो । हिड्ने बाटो थिएन । घरले च्यापिएका घाइतेहरु रोइ कराइरहेका, कति च्यापिएर बचाउँ भनेर कराइरहेका थिए ।

पिलरविनाका ढलान भएका घर मात्र भएकाले ति भत्केको घरहरुले बाटोमा पहाड बनेका थिए । ति अवरोधबाट मलाई बोक्दा बोक्दै पराकम्पन आए पछि मलाई छाडेर भाग्थे साथीहरु । मेरो खुट्टाबाट असाध्यै रक्तश्राव भैरहेको थियो । खुट्टा हल्लिँदा पीडाले मरेतुल्य हुन्थँे । पराकम्पन सकिएपछि फेरि मलाई बोक्दथे । फेरि उनीहरु भाग्दथे । आफूलाई पनि बाँच्ने आस कमै थियो ।

तर पछि गएर शम्शेर दल गणबाट शान्ति सेना गएका ओखलढुङ्गा घर हुने हुँदा देवबहादुर कार्कीले अरु भागे पनि उनले मलाई नछाड्ने कसम खाए । ‘सर मर्न परे म पनि मर्छु, म हजुरलाई छाड्दिन’ भने । साँच्चै म उनि प्रति ऋणी छु । बाटोभरी रुख ढलेका, पहिरो पनि गएकोले मेरो रेस्क्यू सहज थिएन । बाटो भरी घाइते मान्छे थिए । मेरो रगतले मन्डी भीजेको र बोक्नेहरु केही पनि भिजेको देखेर ति स्थानीयले ‘यो मान्छे बाँच्दैन मर्छ’ भनेको सुनेँ ।

त्यसपछि मेरो मनोवल एकैपटक शून्यमा झर्‍यो र अब म मर्दैछु भन्ने पक्का–पक्की भयो । आफ्नो सास सकिए जस्तो हुन्थ्यो । तर, पानी पिएँ । फेरि मनोवल उच्च बनाएँ । करिब ३ घन्टा ३० मिनेट जतिमा मलाई फोर्स हेक्वा नजिक फिलिपिन्सको मेडिकल कम्पनीमा पुर्‍याइयो । हाम्रो अफिस ७ तले फोर्स हेक्वा त भत्केर जमिनी सतहमा पुगेछ ।

मेडिकल कम्पनी प्रिफायबको घर भएकोले ठिक अवस्थामा थियो । त्यहाँ शान्ति सैनिक बाहेक हाइटीवासीलाई पनि उपचार गर्न ल्याइएको रहेछ । मेडिकलमा उपचार गर्दा गर्दै थुप्रै मान्छे मर्दै थिए । कति धेरै लास वरिपरि राखिएको थियो । त्यो देखेर मेरो मन फेरि डरायो । अनि मलाई जोर्डनको सैनिक डक्टरले एकैपटक दुइ वटा सलायन चढायो । तर ३० मिनेट जति पछि जमिनमा हेरेको त रगतको धारा बगेको र त्यो निकै तलसम्म पुगेको थियो ।

अनि मैले त्यहाँ कराएर यो कस्को रगत बगेको हेर भने । दुर्भाग्यवस मेरै रहेछ । डाक्टरले मलाई मेरो खुट्टामा ‘तुन्डीकेट’ नबानेकोले त्यसो भएछ । म करिव–करिव रगत बगेर कोल्याप्स हुन लागेको रहेछु । ३ घन्टा भन्दा बढी रगत बगिरहेको थियो । मलाई तुरुन्त रगत दिनु पर्ने थियो । तर त्यहाँ रगत उपलब्ध थिएन । पानी खुवै पिएँ । बाँच्नु पर्छ भन्ने मनोबल मा बसें ।

गजबको कुरो त डेपुटी फोर्स कमान्डर (उनको श्रीमती त्यही भरखरै घरले थिचेर मरेकी थिइन) फ्रान्स, क्यानडा, लगायतका डिभीजन चीफहरु घाइते बिरामी बोकेर उपचार गराउँदै थिए । फोर्स कमान्डर बिदामा घर ब्राजिल गएका थिए । ती पश्चिमाहरु परेको बेला सहयोग गर्दा रहेछन् । तर नेपालबाट खटिएका र त्यहाँ डिभिजन चिफ रहेका अधिकृत भने भोलि पल्ट मात्र आए रे ।

त्यहाँ कोही देखिएनन् । उनले चाहेको भए ३ घन्टा भित्र अवस्य आई पुग्थे । हामीलाई खल्लो लाग्यो परेको बेला नेपाली कोही नदेख्दा । तर अर्को दिनमा नेपाली समाचारहरुले मलाई झ्यालबाट फराल्दा खुट्टा भाँचिएको लेखेछन् । अनि रेस्क्यूमा नखटिएका र भोलिपल्ट मात्र फोर्स हेक्वा पुग्ने हाकीमको बारेमा नेपाली समाचारहरुमा भने ‘यो गर्‍यो र त्यो गर्‍यो’ भनेर नगरेको कामको प्रचार प्रसार गरिएछ ।

फोर्स हेक्वामा उपचार नहुने भए पछि म लगायत अरु सिरियस घाइतेहरुलाई राति १२ बजे तीर नै गाडीबाट शेर गण बसेको इलाकाको नजिक रहेको अर्जेन्टिनाले खडा गरेको अस्पताल लगियो । त्यतिखेर सम्म शान्ति सैनिकहरुले बाटो खोलिसकेका थिए । मलाई रगत दिइयो अनि रगत थामिने सुई लगाए । भाँचिएको खुट्टालाई तन्काएर राखियो । यस बेलासम्म मलाई मेजर दिनेश रजौरेले छाडेका थिएनन् ।

अरु फर्केर डेरा गए जस्तो लाग्छ । शेर गणमा बसेका कन्टिन्जेन्ट कमान्डर मलाई हेर्न आउछन् कि जस्तो लागेको थियो, आएनन् । भोलिपल्ट बिहानै हामी चार जनालाई हेलिकोप्टरबाट डोमेनिकन रिपरिब्लकमा रहेको अमेरीकी अस्पतात लगियो । त्यही दिन मेरो अप्रेसन भयो । भोलिपल्ट बिहानै अप्रेसन गरेको मेरो खुट्टा हेर्दा फेरि छुट्टिएर २ टुक्रा हुन लागेछ । म कराएँ । बल्ल बल्ल डक्टर आयो २ दिन पछि फेरि अप्रेसन गर्नुपर्छ भनेर खुट्टामा ब्यान्डेज बाँधिदियो ।

त्यसको २ घन्टापछि अस्पतालको वेड मै मलाई दुई सय डलर, एउटा कट्टु र एउटा गन्जी दिइयो । मेरो घर ठेगाना सोधियो । किन होला थाहा पाइन । ब्रेकफाष्ट दिने नर्सले मलाई भनिन् कि मलाई अर्को दिन नेपाल फर्काइंदैछ, उपचारको लागि । मलाई नेपाल फिर्ता गर्न २ जना यूएनका कर्मचारीले १५ दिनको बाटो म्याद र दिनको २०० डलर समेत भत्ता पाउने रहेछन् ।

उनीहरुको लागि म जस्ता विरामी त्यहाँ जानु भनको त स्वर्णिम अवसर रहेछ, विदेश घुम्न । त्यो कुरो बुझ्न आधिकारिक रुपले प्रयास गरें । कोही बोल्दैनन् । मसँगै रहेको जोर्डनको प्रहरी अधिकृतलाई त्यही साँझ नै फर्काए जोर्डन । अब मैले बुझें की मलाई पनि चुँडिन लागेको खुट्टा पोको पारेर मलाई भोलि फर्काउँछन् । संयुक्त राष्ट्र संघ जस्तो मानवीय संस्था त्यस्तो अपराधि होला भन्ने कस्ले पत्याउछ र ? शान्ति सैनिकको नाताले मेरो उपचार गर्ने हक छदैं थियो ।

मेरो उपचारको बारेमा सोधें । स्पेनिस भाषा बोल्ने नर्स डक्टर भएकोले मलाई जवाफ दिन सकेनन् । म चिच्याँए, कराय, रोए पनि । खाटमा बसेर कप प्लेट फुटाएँ । बल्ल अंग्रजी बोल्ने १ जना डक्टर आए अनि मैने यूएनको सम्पर्क अधिकारी बोलाउ भनेँ । एक जना महिला आइन् । मेरो ठूलो विवाद पर्‍यो । अनि मैले भने मलाई उपचार नभएरै नेपाल फर्काइयो भने म आत्मा हत्या गरिदिन्छु ।

एक राति १० बजेर १५ मिनेट गएको थियो होला मधुरो बत्ति मुनि म सुतेको मेडिकलमा एक जना मेजरसाव आएर मलाई एउटा कागजमा सही गर्न भने । सँगै डेरामा बसेकोले उनीमाथि मलाई पूर्ण विश्वास थियो । उनले केही होइन अफिसमा रेकर्डको लागि हो भने । मलाई नेपाल फर्काउने कुरा सोधे । उनले होइन भने सहि गरिदिएँ, म सुतेँ।

म भुइँचालोमा परेको र २ दिन पछि फेरि खुट्टा अप्रेसन गर्नुपर्छ भन्नेहरुले त्यस्तो अमानविय व्यवहार गरेको बारे बीबीसी र सिएनएनलाई बताउछु भनें । म ठूलो स्वरले चिच्याउन थालेँ । त्यो अत्याचर सहनै सकिनँ । त्यति खेरै विश्व स्वास्थ्य संगठनको ठूलो डक्टर विरामी हेर्न जेनेभाबाट आई पुगिछन् । मेरो बेडमा पुग्दा मैले उनलाई आफ्नो बेदना बताएपछि उनले यूएनको तर्फबाट माफी माग्दै मेरो उपचार त्यहीँ गरिने बाचा गरिन् ।

अब भोलि पल्ट फेरि मेरो अप्रेसन भयो । खुट्टा ठुलो फलामले बाँधिएको थियो । त्यतिबेलासम्म हाइटीबाट शान्ति सेनाका ठूलो अफिसरहरु आएर मलाई भेटे, सान्त्वना दिए । भर्ना भएको ३ दिनपछि स्थानीय पत्रिकामा मेरो नाम देखेर मलाई भेट्न ४ जना नेपाली अस्पताल आए । उनीहरुले मलाई मोबाइल, लुगा खानेकुरा किनिदिए । पैसा दिए ।

पटक–पटक भेट्न आएपछि थाहा पाएँ ति नेपालीलाई दलालले नेपालबाट अमेरिका लग्छु भनेर हाइटीको जंगलमा छाडेर भागेको रहेछ । त्यसपछि लुकेर ती नेपालीहरु डोमेनीकन पुगेका रहेछन् । तिनको आपत विपत कहाली लाग्दो थियो । त्यस्तो अवस्थामा पनि मलाई भेटेर मद्दत गरेकोमा ति सन्तान जन्माउने आमा बुवाप्रति समेत आभारी छु । मोबाइल पाएपछि घरमा सम्पर्क गरेँ । मलाई डिप्रेसन बढेको थियो ।

आफू भन्नु कोही थिएन । १० दिन जति त्यही भर्ना भएँ । त्यतिबेला सम्म मेरो कन्टिन्जेट कमान्डर भेट्न आएनन्, एक कल फोन गरेनन् । अरु जुनिएर अधिकृतहरुलाई समेत भेट्न पठाएनन् । त्यहाँ पुग्न हाइटीबाट हेलिकोप्टर ४० मिनेट लाग्थ्यो भने निःशुल्क यूएनको उडान दिनमा ३/४ वटा हुने गर्दथ्यो । त्यसैगरी नेपालबाट समेत सैनिक मुख्यालय तथा प्रधानसेनापतिको कुनै सान्तवना शब्द पाइँन ।

तर, एउटा अचम्मको घटना के भयो भने मलाई अस्पतालमै फोन गरी तत्कालीन माओवादी अध्यक्ष प्रचण्डको शुभकामना सन्देस सुनाइयो । उनले टेलिभिजनमा हेरेर थाहा पाएको र एउटा नेपाली सेनाको अधिकृत भएको नाताले यो गरेको भने । म आजसम्म पनि उहाँप्रति ऋणि छु । तर, उनको वादप्रति म कहीलै आकर्षित छैन ।

थप उपचार १५ दिनपछि गरिने सर्तमा डोमेनिकन अस्पतालबाट मलाई हाइटीमा रहेको यूएन अन्तरगतको अर्जेन्टिना अस्पतालमा फिर्ता गरियो । पोर्टओप्रिन्स एअरपोर्टमा मलाई भेट्न त्यही यूएनमा काम गर्ने नेपाली डक्टरहरुले मेरो खुट्टाको एक्सरे हेरेर मेरो खुट्टा काट्नुपर्ने बताएछन् । बेलुकी मलाई सम्झाउन अस्पतालमा थुप्रै नेपाली आए ।

त्यहाँ भएका २ जना नेपाली आर्मी डक्टरले अमेरिका पठाउन कटिन्जेन्ट कमान्डरलाई भने । तर उनले सहयोग गरेनन् । २ रात पछि अर्जेन्टिना अस्पतालबाट युएनले फेरि मलाई नेपाल फर्काउने योजना बनाएर २ जना मेडिकल टोली तयार भएछन् । उनीहरुले १५ दिनको भ्रमण भत्ता पाउने । त्यो कुरा थाहा पाएपछि ‘मेरो थप उपचार बाँकी छ’ भनेर बेस्करी कराएँ ।

मनोवैज्ञानिक चिकित्सकहरु मार्फत यो कुरा न्यूयोर्कसम्म पुगेछ । ठूलै विवाद गरे मैले । उपचार पाउनु मेरो अधिकार हो । त्यहाँको फोर्स मेडिकल अफिसरले मलाई धेरै मद्दत गरे । अन्ततः मलाई फेरि थप उपचारको लागि १ जना नेपाली डक्टरको साथ डोमेनीकन अस्पताल पुर्‍याउँदा उताको डक्टर छक्क पर्‍यो । म मात्र त्यस्तो केस रहेछु त्यस अस्पतालमा दोहोरायर उपचार पाउने । फेरि खुट्टाको अप्रेसन गरेर केही दिन पछि हाइटीको अर्जेन्टिना अस्पतामा भर्ना भए ।

त्यहाँको खाना नमिठो, भाषा नबुझ्ने र बंकर जस्तो घरमा सधैँ अंधेरो हुँदा न्यास्रो लागेर आदेश लिएर शेर गणको मेडिकलमा सरें । त्यहाँ रमाइलो माने ।

मिसनमा घाइते भएपछि देश फर्काउने नियम हुन्छ । तर, फोर्स मेडिकलको सिफारिसमा ‘एड्जूटेन्ट’ विभागमार्फत फोर्स कमान्डरले उपचारको लागि राख्न सक्ने भएकोले मलाई अरु ४५ दिन जति त्यहीँ राख्ने भयो ।

उपचार अवधि भरी यूएनले ६६ प्रतिशत पैसा काट्दछ । एड्जून्टेन्ट विभागको चिफ नेपाली कन्टिन्जेन्ट कमान्डर नै थिए । तर उनी मलाई त्यहाँ राख्ने पक्षमा थिएनन् । एक राति १० बजेर १५ मिनेट गएको थियो होला मधुरो बत्ति मुनि म सुतेको मेडिकलमा एक जना मेजरसाव आएर मलाई एउटा कागजमा सही गर्न भने । सँगै डेरामा बसेकोले उनीमाथि मलाई पूर्ण विश्वास थियो । उनले केही होइन अफिसमा रेकर्डको लागि हो भने । मलाई नेपाल फर्काउने कुरा सोधे । उनले होइन भने सहि गरिदिएँ, म सुतेँ।

भोलि पल्ट अर्जेन्टिनाको फोर्स मेडिकल अफिसर कर्नेलले मलाई फोन गरी ‘तिमीले किन नेपाल फिर्ता जान्छु भन्ने कागजमा सही गरेको’ भनेर सोध्यो । मैले होइन भने । तर त्यो योजना कन्टिन्जेन्ट कमान्डरको रहेछ र मेजर मार्फत झुक्याएर मलाई सहि गराइएको । कार्य विभागको प्रमुख उनै भएकोले म ४८ घन्टाको नोटिसमा नेपाल फर्कने भए ।

मैले गर्नुपर्ने युएनको सम्पुर्ण बुझ–बुझारथ बाँकी थियो । मलाई राति सही गराइएको कागजबारे कन्टिन्जेन्ट कमान्डरलाई एम्बुलेन्स चढेर उनको अफिसमा सोध्न पुगे, बैसाखी टेकेर । तर सही गराउने मेजर र उनी मिलेर मलाई अति नै निच बचन लगाए । मैले टेकेको बैसाखीले झटारो हाने । कसैलाई लागेन । म जस्तो घाइतेमाथि गरेको त्यो व्यवहारले मलाई चित्त दुखायो ।

भोलिपल्ट बिहानको फ्लाइटमा ह्विलचेरमा मलाई नेपाल फर्काइयो । जहाजको ढोका भित्र छिर्ने बेलामा कर्नेल पाण्डेको मोवाइलबाट फोन आयो तर बोल्ने मान्छे उनै कन्टिन्जेन्ट कमान्डर थिए र भने ‘प्रेम जे जति मबाट भयो माफ देउ’ मलाई अचम्म लाग्यो । अनि नेपाल फर्केपछि मेरो प्रमोशन हुनेवाला थियो । प्रमोशनको फूली लगाए पछि छुट्टै बोलाएर चिफसावले सुनाउनुभयो ‘प्रेम हाइटीबाट तिम्रो कन्टिन्जेट कमान्डरको रिपोर्ट अनुसार तिमीले प्रमोशन पाउन्न थियौं ।

तर यूएनलाई बुझ्दा ‘आउट स्टायन्डिङ्ग रिपोर्ट’ आएकोले प्रमोशन दिएको हुँ’ । मैले प्रमोशन विगार्न प्रयास गर्ने र प्रमोशनको लागि न्याय दिने दुवैलाई मनमनै धन्यवाद दिएँ । मेरो र कन्टिन्जेन्ट कमान्डरको कहिलै नराम्रो भएको थिएन । हाइटिको भूईंचालो र मेरो संघर्ष म आफैंलाई अविष्मरणीय रहेको छ । त्यो भन्दा पनि ठूलो दुःखको कुरो त नेपालमा २०७२ बैशाखको भुइँचालोमा मैले मेरो मूमा गुमाएँ । त्यसैले मेरो र भूईचालोको विशेष सम्वन्ध रहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ९ : ३५ बजे

रूसी लगानीकर्तालाई नेपाली लगानी गर्न एफएनसीसीआइको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ र रूसी संघको चेम्बर

उम्मेदवार भण्डारीका बुवाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं– नेकपा (एमाले)ले बझाङ-१ का प्रदेशसभा सदस्यका उम्मेदवार दमन भण्डारीका

सीपीको आक्षेप- भारतको दाल, डुकू खाएर माओवादीले एक दशक हतियार चलायो

२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले मुलुकमा १९ दिन

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

नैरोबी– उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५०

लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना दिँदै