तिहारको रमझममा पनि उपत्यकाका नदी र चक्रपथमा सफाइ | Khabarhub Khabarhub

तिहारको रमझममा पनि उपत्यकाका नदी र चक्रपथमा सफाइ


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालीको दोस्रो ठूलो चाड तिहारले छोए पनि शनिबार उपत्यकाका वाग्मतीलगायत नदी एवं चक्रपथ सफाइ अभियानमा अभियानकर्मीको उपस्थिति उल्लेख्य रह्यो । राजधानीमा दीपावलीको रमझम बढे पनि शनिबार उपत्यकाका वाग्मतीलगायत नदी एवं चक्रपथ सफाइ गरिएको हो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान दशैँ, तिहार जस्ता ठूला चाडपर्व, जाडो, वर्षा, भूकम्पजस्ता प्राकृतिक विपत्तिलगायत अवस्थाका शनिबार पनि निरन्तर हुँदै आएको छ । सफाइ अभियानबाट आशातीत सफलता प्राप्त नभएपनि जागरण फैल्याउन महत्वपूण काम गरेको छ ।

वाग्मती सफाइ महाअभियानको ३३७औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं. ११ त्रिपुरेश्वरस्थित गुसिङ्गाल पुल क्षेत्रमा सफाइ गरियो । सफाइमा १८ संस्थाका ३५० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिइन् ।

सफाइबाट पाँच मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, आयोजना प्रमुख लीलाप्रसाद ढकाल, पूर्वआयोजना प्रमुख आशीष घिमिरे, महानगरपालिका वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकारलगायत पनि सक्रिय भएका थिए ।

भैरव स्मृति उद्यान सञ्चालनमा

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २९९औँ हप्तामा गोठाटार पुलमुनिको नदी र जोरपाटी चोकस्थित भैरव स्मृति उद्यान (पार्क) मा सफाइ गरियो । गत वर्ष पनि साहित्यकार भैरव अर्यालको स्मृतिमा बनेको उद्यानमा सफाइ भएको थियो । गत वर्ष नै उद्यान गोकर्णेश्वर नगरपालिका वडा नं. ५ सञ्चालनमा ल्याउने भनिए पनि कार्यान्वयन हुन सकेको थिएन ।

यसवर्षदेखि गुह्येश्वरीमाथिको वाग्मती सफाइ गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले नै उद्यान सञ्चालन गर्न लागेको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । अब प्रत्येक दिन उद्यान खुल्ने र सफाइलाई पनि निरन्तरता दिइने जनाइएको छ । यसअघि उद्यानमा ताला लाग्ने गरेको थियो । जोरपाटी क्षेत्रमा बाक्लो बस्ती विकास भएपछि मानिस टहल्न खुला स्थानको अभाव भएपनि उद्यानमा भने ताला लाग्ने गरेको थियो ।

रुद्रमती सफाइ अभियानको २८९औँ हप्तामा रातोपुल क्षेत्रमा सफाइ गरियो । सफाइबाट एक टन फोहोर व्यवस्थापन गरिएको अभियानकर्मी रोहित गिरीले जानकारी दिए । सफाइपछि कला केन्द्रका तर्फबाट रुद्रमतीमा भएको देउसी भैलोमा पनि सहभागी भएको उनले सुनाए ।

विष्णुमती सफाइको २६४औँ हप्तामा टोखा नगरपालिका–११ मनोहर तीर्थघाटबाट मनमैँजु पुलसम्मको क्षेत्रमा सफाइ गरियो । त्यस क्षेत्रका घरधनी एवं व्यापारीलाई सडकमा उपस्थित भएर सफा गर्न सो अवसरमा आग्रह गरिएको सफाइ संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए ।

सोही नगरपालिकाको वडा नं.–९ सिद्धेश्वर टोल क्षेत्रका घरधनी र व्यवसायीलाई आफ्नो घरअघिको सडक, आँगन सफा राख्न आह्वान गरिएको थियो । यसैगरी सिद्धेश्वर मन्दिर र विष्णुमती नदीमा पनि सो अवसरमा सफाइ गरिएको थियो । सपाइबाट तीन टन फोहोर व्यवस्थापन गरिएको उनले बताए ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सिद्धेश्वर टोल समिति, विनायक फोहोर मैला व्यवस्थापन प्रालिलगायत संस्था र स्थानीयवासीको सक्रियता थियो । वाग्मतीको तिलगङ्गा क्षेत्रमा २३७औँ हप्ताको सफाइ गरियो । सफाइमा महिलाको विशेष उपस्थिति थियो । यस क्षेत्रको नदी किनारका स्थानीयवासीलाई फोहोर सही रुपमा व्यवस्थापन गर्न जनचेतनामूलक अभियान सञ्चालन गरिएको थियो ।

मनोहरा नदी सफाइको १३६औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं. ३२ जडिबुटीस्थित मनोहरा तरकारी बजार क्षेत्रमा सफाइ गरियो । सफाइबाट चार टन फोहोर व्यवस्थापन गरिएको संयोजक चन्द्रप्रसाद दङ्गालले राससलाई जानकारी दिनुभयो । सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

स्थानीय तहको ध्यान गएन सफाइमा

चक्रपथ उत्तरी खण्ड सफाइको १३४औँ हप्तामा ग्रिनसिटी अस्पतालबाट बसुन्धरा प्रहरी चौकीसम्म सफाइ गरियो । पूर्वसचिव किशोर थापासहित १५० जना अभियानकर्मी सक्रिय रहेको सफाइबाट पाँच टन फोहोर व्यवस्थापन गरिएको सफाइ संयोजक लोकबहादुर टण्डनले राससलाई जानकारी दिए । अभियानकर्मी सक्रिय भई सफाइ गरेको दुई वर्ष बित्दासमेत स्थानीयस्तरको नीति निर्माण एवं विकास र सफाइको समेत संवैधानिक रुपमा जिम्मेवारी पाएको स्थानीय तहका जनप्रतिनिधिको ध्यान जान नसकेको चक्रपथवासीको गुनासो छ ।

यस क्षेत्रको चक्रपथ टोखा नगरपालिका–७ र काठमाडौँ महानगरपालिकाको वडा नं. ३ क्षेत्र पर्छ । दुवै वडाका अध्यक्षले सफाइले मात्र केही हुँदैन भनी टिप्पणी गरेको अभियानकर्मी रामचन्द्र सुवेदीले गुनासो गरे। यस क्षेत्रको सामाखुसी नदी अतिक्रमण गरी घर बनाएर बसेकालाई पनि स्थानीय तहले संरक्षण गर्दा नदी सफाइमा प्रतिकूल प्रभाव परेको उनले बताए ।

आलोकनगर सफाइको १३४औँ हप्तामा त्यस क्षेत्रमा जनचेतनामूलक अभियान सहमति सफाइ गरियो । सफकाइपछि सिद्धिविनायक शोभाभगवती तथा लोकेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको दीपावली, नेपाल संवत् ११४० र छठको शुभकामना आदान प्रदानमा समेत टोल टोलमा सफाइ गर्न जागरणमूलक सन्देश प्रवाह गरिएको सफाइ संयोजक प्रमिला पौडेलले सुनाए ।

चक्रपथको पश्चिमी खण्ड सफाइको ११६औँ हप्तामा वाफल क्षेत्रको टोल टोलमा चेतनामूलक अभियान चलाइयो । कलङ्कीबाट दोस्रो चरणको चक्रपथ बिस्तार शुरु भई रुख ढालिएकाले घर घरमा पुगेर जागरणमूलक सन्देश प्रवाह गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए । यो अभियानलाई आगामी हप्ता पनि निरन्तरता दिइने उनको प्रतिबद्धता छ ।

यसैगरी उपत्यका सुन्दरीघाट, गुह्येश्वरी, ललितपुरस्थित गोदावरी खोलालगायत स्थानमा प्रत्येक हप्ता शनिबार जस्तै आज पनि सफाइ भएको अभियानकर्मीले जनाएका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ७ : ०२ बजे

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, जना १० घाइते

धुलिखेल– काभ्रेपलाञ्चोकको भुम्लु, मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना घाइते

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल

नेपाल र कतारको प्रतिनिधिमण्डलबीच भेटवार्ता जारी

काठमाडौं– दुई दिनको नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम