६० प्रतिशत जनसंख्यामा वित्तीय पहुँच पुग्यो | Khabarhub Khabarhub

६० प्रतिशत जनसंख्यामा वित्तीय पहुँच पुग्यो


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो तथ्याङ्कअनुसार नेपालको जनसंख्याको करिब ६१ प्रतिशत जनसंख्यामा वित्तीय पहुँच पुगेको छ ।

राष्ट्र बैंकका अनुसार १ करोड ८० लाख नागरिकको व्यक्तिगत बचत खाता रहेको देखिएको हो । नेपालको कूल जनसंख्या २ करोड ९६ लाख रहेको आधारमा ६०.९ प्रतिशत नेपाली नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको पाइएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यसले नेपालको कुल जनसंख्याको कम्तीमा ६०.९ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा पहुँच रहेको देखाएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थाका प्रतिशाखा जनसंख्या करिब ३,३०० मा पुगेको छ । बैंक तथा वित्तीय संस्थामा २ करोड ७८ लाख बचत खाता र १४ लाख ४० हजार कर्जा खाताको संख्या पुगेको छ ।

मोबाइल बैकिङ्ग प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार र जारी भएका डेविट कार्डको संख्या ६७ लाख ९ हजार पुगेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ५ : १५ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न