प्रियंका र आयुष्मान ‘महिनावारी स्वच्छता दूत’ | Khabarhub Khabarhub

प्रियंका र आयुष्मान ‘महिनावारी स्वच्छता दूत’


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानेपानी मन्त्रालयले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई महिनावारी हुँदा भोग्नुपरेको समस्यासम्बन्धी जनचेतना जगाउन सहयोग पु–याउने भन्दै ‘महिनावारी स्वच्छता दूत’ नियुक्त गरेको छ । मन्त्रालय र आयंका फाउन्डेनका तर्फबाट प्रियंका र आयुष्मानले मन्त्रालयसँग यस्तो सहमति गरेका हुन् ।

सहमति अनुसार उनीहरु एक वर्षका लागि स्वच्छता दूत रहनेछन् । खानेपानी मन्त्री विना मगरले दूत नियुक्ति गरिएको पत्र हस्तान्तरण गरिन् ।

महिनावारीसम्बन्धी मान्छेमा रहेको नकारात्मक धारणालाई बदल्न मन्त्रालय र फाउन्डेसनले यस्तो अभियान थालेको हो ।

यता मन्त्री मगरले महिलाहरुले महिनावारी हुँदा भोग्ने समस्याको जनचेतना फैलाउन कलाकारको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने भन्दै अभियानका लागि शुभकामना दिइन् । साथै उनले महिनावारीबारे सबैले सकारात्मक सोच राख्नुपर्ने पनि बताइन् ।

प्रियंका र आयुष्मानले धनुषाबाट यो अभिनयानको शुरुवात गर्ने बताए । उनीहरुले ६ वटा महिलामैत्री शौचालय बनाउने र किशोरीहरुलाई सेनेटरी प्याडसमेत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ५ : ४५ बजे

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ।  वृद्धावस्थामा

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका