पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव: तीन देशका नाटक हुँदैछन् मञ्चन | Khabarhub Khabarhub

पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव: तीन देशका नाटक हुँदैछन् मञ्चन


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – भोलि फागुन १५ गतेदेखि पोखरामा शुरु हुन गइरहेको ‘पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव’ मा ८ वटा नाटक प्रदर्शन हुँदैछन् ।

तीमध्ये नाटक ‘ब्ल्याक एण्ड ह्वाइट’ भारतबाट सहभागिता जनाउँदैछ भने मेसेडोनियाली कलाकारको नाटक ‘प्राइभेट कन्फेन्सन’ पनि मञ्चन हुनेछ ।

पोखराको गैह्रापाटनस्थित गन्धर्व नाटकघरमा हुने नाटक महोत्सवका लागि सबै तयारी पूरा भएको निर्देशक परिवर्तनले जानकारी दिए । महोत्सव पोखरा थिएटर र युथ क्रियशन थिएटरको संयोजनमा गर्न लागिएको हो ।

फागुन २२ गतेसम्म चल्ने महोत्सवमा नाटक मञ्चनसँगै फोटो प्रदर्शनी, अन्तर्किया, सांस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिनेछन् ।

भोलि (बुधवार) बिहान १० बजेदेखि ११ बजेसम्म सांस्कृतिक झाँकीसहितको –याली र त्यसपछि लगत्तै समुद्घाटन गरिने कार्यक्रम छ ।

महोत्सवमा नाटक हेर्नका लागि एक हजार रुपैयाँको एउटा टिकट काटी सदस्य हुनुपर्नेछ । त्यसपछि आठै दिनसम्म सोही कार्डले नाटक हेर्न पाउने आयोजकले जनाएको छ ।

यस्तो छ सेडुअल:

सबै तस्वीर: पोखरा थिएटरको फेसबूक पेजबाट

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १२ : ३९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका