शून्य समय– धार्के सीतापाइला सडकदेखि सुशील कोइराला क्यान्सर अस्पतालसम्मको चर्चा | Khabarhub Khabarhub

शून्य समय– धार्के सीतापाइला सडकदेखि सुशील कोइराला क्यान्सर अस्पतालसम्मको चर्चा


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले नौबिसे नागढुङ्गा राजमार्गको वैकल्पिक मार्गका रुपमा रहेको धार्के सीतापाइला सडक स्तरोन्नति गर्ने र भेरी अञ्चल अस्पताल तथा सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने सरकारको निर्णय स्वागतयोग्य रहेको चर्चा गर्दै ती अस्पतालमा थप उपकरणको व्यवस्था गर्न माग गरेका छन् ।

सांसदहरुले कैदीबन्दीले तयार गरेका सामग्रीलाई बजारको उचित प्रबन्ध गर्न, कृषिमा दिने अनुदान वृद्धि गर्न, कर्णाली प्रदेशको सडक पूर्वाधारमा पहिलो प्राथमिकता दिन, शान्ति सुरक्षाको उचित प्रबन्ध गर्न पनि माग माग गरे ।

शुन्य समयमा सांसदहरू भूमि त्रिपाठी, महेश्वरजङ्ग गहतराज, मायादेवी न्यौपाने, मोहन बानियाँ, यज्ञबहादुर बोगटी, यज्ञराज सुनुवार, यशोदा गुरुङ सुवेदी, रङ्गमति शाही, राजेन्द्रकुमार राई, रामबहादुर विष्टले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १२ : २२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन